एभरेष्ट बैंकले २५% लाभांस दिने, पुस २३ का लागि डाक्यो साधारणसभा, लाभांस बैंक खातामा

बिजमाण्डू
२०७६ मंसिर २५ गते ११:०८ | Dec 11, 2019
एभरेष्ट बैंकले २५% लाभांस दिने, पुस २३ का लागि डाक्यो साधारणसभा, लाभांस बैंक खातामा

Tata
GBIME
Nepal Life

काठमाडौं। शेयरधनीलाई सञ्चालक समितिको २५ प्रतिशत लाभांस दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि एभरेष्ट बैंकले वार्षिक साधारणसभाको मिति टुंगो गरेको छ । बैंकले आगामी पुस २३ गते २५ औं वार्षिक साधारणसभा बोलाएको हो। 

सञ्चालक समिति बैठकले यसअघि गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशतका दरले बोनस शेयर र २० प्रतिशतका दरले नगद लाभांस घोषणा गरेको थियो। उक्त लाभांस सधारणसभाबाट पारित भएपछि शेयरधनीहरूले प्राप्त गर्न सक्ने छन्। 

बैंकको ७ प्रतिशत अग्राधिकार शेयर शेयर पुँजीमा परिवर्तन भए पश्चात पुँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावली संशोधनका लागि साधारणसभामा पेश गर्नेछ।

 साधारणसभा प्रयोजनका लागि बैंकले पुस ४ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्नेछ। पुस ३ सम्म कायम शेयरधनीहरूले प्रस्तावित लाभांस प्राप्त गर्न सक्ने छन्। प्रस्तावित बोनस शेयर र नगद लाभांस सिधै डिम्याट खाता र बैंक खातामा जम्मा गरिदिने भएको उक्त खाता नहुने शेयरधनीहरूलाई अनिवार्य खाता खोल्न बैंकले सूचित गरेको छ। 

बैंकले गत वर्षको भन्दा ५ प्रतिशतले लाभांस बढाएको हो। गत वर्ष २० प्रतिशतमात्रै नगद लाभांस दिएकोमा यो वर्ष थप ५ प्रतिशत बोनस शेयर दिएको हो। हाल दोस्रो बजारमा बैंकको शेयर मूल्य ५ सय ५६ रूपैयाँ छ। एक वर्षको अवधिमा अधिकतम ७ सय ७ रूपैयाँ र न्युनतम ५ सय १ रूपैयाँमा खरिद-बिक्री भएको हो।

 बैंकले यसअघि वितरण गरेको लाभांस 

आर्थिक वर्ष

बोनस शेयर

नगद लाभांस

जम्मा लाभांस

2075/2076

5

20

25

2074/2075

0

20

20

2073/2074

33

1.74

34.74

2072/2073

70

3.675

73.675

2071/2072

30

6.57

36.57

2070/2071

12

50

62

2069/2070

10

50.53

60.53