सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँ, मंगलवार मंसिर लागेयताकै कम मूल्य, किन घट्यो मूल्य?

बिजमाण्डू
२०७६ मंसिर २४ गते १२:१६ | Dec 10, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनचाँदीको मूल्य मंगलवार मंसिर लागेयताकै न्युन विन्दुमा झरेको छ । नेपाल सुनचाँदीको व्यवसायी महासंघले तय गरेको मूल्यअनुसार मंगलवार सुन प्रतितोला ७० हजार ८ सय रूपैयाँ छ ।

सोमबारभन्दा प्रतितोला दुई सय रूपैयाँ घटेको हो भने मंगलबारको भाउ महिना दिनयताकै न्यून हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा त्यसको असर देखिएको महासंघले जनाएको छ ।

सुनको मूल्यमा पछिल्लो समय सामान्य अंकको उतारचढाव देखिँदै आएको छ । महासंघले उपलब्ध गराएको दैनिक मूल्य सूचीका आधारमा यो महिना सबैभन्दा बढी ७२ हजार २ सय रूपैयाँ सम्ममा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य समेत मंसिर लागेयताकै कममा झरेको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ३० रूपैयाँमा छ । यो महिनामा ८ सय ६५ रूपैयाँसम्म चाँदीको मूल्य उक्लिएको थियो।