लाभांसले लोभ्याएन शेयर बजारलाई, बैंक ब्याजदर भन्दा कम्पनीका लाभांस उच्च हुँदा पनि मूल्य घट्दो 

बिजमाण्डू
२०७६ मंसिर २३ गते १२:२९ | Dec 9, 2019
लाभांसले लोभ्याएन शेयर बजारलाई, बैंक ब्याजदर भन्दा कम्पनीका लाभांस उच्च हुँदा पनि मूल्य घट्दो 


Tata
GBIME
Nepal Life

काठमाडौं। दोस्रो बजारमा सूचीकृत कम्पनीले आकर्षक लाभांस दिँदा पनि शेयर बजारमा भने उत्साह देखिएन। सूचीकृत वाणिज्य बैंकमध्ये २४ वटाले लाभांस घोषणा गरे। जसमध्ये केही बैंकले लाभांस वितरण गरिसकेका छन् भने केहीले साधारणसभा बोलाउने क्रममा छन्। 

कम्पनीहरूले वितरण गरेको लाभांस प्रचलित बैंक ब्याज दरको तुलनामा धेरै छ। जबकी अहिलेको बैंक ब्याज दर तुलनात्मक रूपमा धेरै हो। बैंक ब्याज दरको प्रतिफलभन्दा लाभांस वितरण धेरै भए पनि लगानीकर्ताको आकर्षण शेयरमा देखिँदैन। 

दोस्रो बजारमा लगानीकर्ताहरूले कम्पनीले दिने प्रतिफलका आधारमा शेयर खरिद-बिक्री गर्छन्। लाभांसभन्दा पुँजीगत लाभलाई प्राथमिकता दिने लगानीकर्ताले घट्दो क्रमको बजारमा कम्पनीको प्रतिफललाई प्राथमिकता दिने गरेका छैनन्।  अधिकांश वाणिज्य बैंकहरूको लाभांस गत वर्षको भन्दा बढेको छ। अहिलेसम्म लाभांस घोषणा गरेको आधारमा वाणिज्य बैंकहरूको औषत लाभांस झण्डै १७ प्रतिशत छ। गत वर्ष यस्तो लाभांस १४.६५ प्रतिशत थियो। वाणिज्य बैंकहरूमध्ये सेञ्चुरी बैंक, कृषि विकास बैंक र एनसीसी बैंकले लाभांस घोषणा गर्न बाँकी छ। 

नेपाल बैंकले २१ वर्षपछि लाभांस प्रदान गरेको छ। वाणिज्य बैंकमध्ये एनएमबि बैंकले सबैभन्दा धेरै ३५ प्रतिशत लाभांस प्रदान गरेको छ। 
तर वाणिज्य बैंकको शेयर मूल्य भने ओरालो झर्ने क्रममै छ। अधिकांश कम्पनीहरूले दोस्रो बजारमा मूल्य घट्ने डरले नगद भन्दा बोनस शेयरलाई समेत प्राथमिकता प्रदान गरेका छन्। केहि कम्पनीले सुरुवाती अवस्थामा नगद लाभांस घोषणा गरेका थिए। तर उनीहरूको शेयर मूल्य घट्न थालेपछि अन्य कम्पनीले नगदसँगै बोनस शेयरलाई पनि प्राथमिकता दिएका थिए। 

चालु वर्ष पनि विगतको जस्तै युनिलिभरले सबैभन्दा धेरै लाभांस प्रदान गरेको छ। कम्पनीले अघिल्लो वर्ष ७ सय प्रतिशत लाभांस दिएकोमा गत वर्ष ७ सय ७० प्रतिशत लाभांस प्रदान गरेको हो। यो वर्ष अझै पनि धेरै विकास बैंकहरूले लाभांस घोषणा गर्न सकेका छैनन्। अहिलेसम्म जम्मा ६ वटा विकास बैंकले मात्रै लाभांस घोषणा गरेका छन्। गत वर्ष विकास बैंकहरूको औषत लाभांस २४.५५ प्रतिशत थियो।

 
माइक्रोफाइनान्सको लाभांस वितरण गत वर्षको तुलनामा बढेको छ। अहिलेसम्म लाभांस घोषणा गर्नेहरू मध्येबाट ‍औषत २२.२४ प्रतिशत छ। गत वर्ष १४.७३ प्रतिशत थियो। दोस्रो बजारमा लाभांसले मूल्य बढाउन मद्दत गरे पनि यस वर्ष भने लाभांस घोषणाकै दिन घटेको देख्न पाइयो। कम्पनीहरुले लाभांस घोषणा गरेर शेयर मूल्य बढाउन खोजे पनि बोनस शेयरको मूल्य समायोजन पछि उल्टो बजार मूल्यमा गिरावट आएको छ।

जलविद्युत कम्पनीहरूमध्ये अधिकांश कम्पनी लाभांस वितरण गर्न सक्ने अवस्थामा छैनन्। अहिलेसम्म चिलिमे जलविद्युत कम्पनी, अरुण भ्याली र रिडिले मात्रै लाभांस घोषणा गरेका छन्। चिलिमेले साधारणसभा सम्पन्न गरिसकेको छ भने रिडिले गर्न मिति घोषणा गरेको छ।

 
बीमा कम्पनीहरूमध्ये एउटाले पनि लाभांस घोषणा गर्न सकेका छैनन्। एक्चुरियल मूल्यांकनमा ढिलाइ हुँदा बीमा कम्पनीहरूले समयमा लाभांस घोषणा गर्न सकेका छैनन्। एक्चुरियल मूल्यांकन नगरी बीमा कम्पनीहरूको लेखापरीक्षण हुँदैन। लाभांस घोषणा गर्न बीमा कम्पनीहरूले अझै एक/दुई महिना लगाउने अवस्था रहेको सञ्चालक बताउँछन्। लाभांस वितरण गर्न सक्ने म्युचुअल फण्डले आर्थिक वर्ष सकिएको एक/दुई महिनाभित्रै वितरण गरेका थिए। 

वाणिज्य बैंकहरूले प्रदान गरेको लाभांस

बाणिज्य बैंक

2075/2076

2074/2075

जम्मा

बोनस

नगद

जम्मा

बोनस

नगद

ADBL

0.00

0%

0%

21.05

6%

15%

BOKL

17.00

6%

11%

25.00

14%

11%

CBL

6.57

0%

7%

4.05

0%

4%

CCBL

0.00

0%

0%

6.50

2%

5%

CZBIL

15.00

3%

12%

5.26

4%

2%

EBL

25.00

5%

20%

20.00

0%

20%

GBIME

25.50

13%

13%

16.00

16%

0%

HBL

22.00

10%

12%

15.79

5%

11%

JBNL

12.00

6%

6%

8.50

0%

9%

KBL

10.53

10%

1%

8.50

9%

0%

LBL

15.00

10%

5%

8.95

9%

0%

MBL

16.00

5%

11%

10.00

0%

10%

MEGA

11.75

0%

12%

7.85

1%

7%

NABIL

34.00

12%

22%

34.00

12%

22%

NBB

12.00

5%

7%

10.53

0%

11%

NBL

25.00

15%

10%

0.00

0%

0%

NCCB

0.00

0%

0%

16.72

16%

1%

NIB

19.00

11%

9%

40.00

18%

22%

NICA

21.05

10%

11%

10.53

10%

1%

NMB

35.00

21%

14%

30.00

10%

20%

PCBL

16.00

16%

0%

16.00

16%

0%

PRVU

16.84

16%

1%

8.42

8%

0%

SANIMA

21.05

10%

11%

14.00

0%

14%

SBI

16.84

6%

11%

15.