सशस्त्र प्रहरीले माग्यो २९७ इन्स्पेक्टर र असइ, पुस १७ सम्म आवेदन दिन सकिने

बिजमाण्डू
२०७६ मंसिर १८ गते ११:४७ | Dec 4, 2019
सशस्त्र प्रहरीले माग्यो २९७ इन्स्पेक्टर र असइ, पुस १७ सम्म आवेदन दिन सकिने


Tata
GBIME
Nepal Life

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले प्रहरी निरीक्षक र सहायक निरीक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी निरीक्षकको लागि ३१ जना र सहायक निरीक्षकको लागि १२८ जनाका लागि विज्ञापन खुला गरेको हो।

योग्यता पुगेका इच्छुक नेपालीले प्रधान कार्यालय हलचोक, प्रदेश स्तरीय मूल्यांकन सुनसरी, वर्दिबास, मकवानपुर, पोखरा, कपिलवस्तु, सुर्खेत र कैलालीबाट आवेदन दिन सकिने छ। प्रहरी निरीक्षकको लागि न्युनतम स्नातक उत्तीर्ण गरि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनुपर्छ।

 सहायक निरीक्षकको लागि प्लस टु, प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरि १८ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्नेछ। निरीक्षक पदका लागि दरखास्त दस्तुर एक हजार रूपैयाँ र सहायक निरीक्षक पदका लागि तीन सय रूपैयाँ भुक्तानी गर्नु पर्नेछ। 

साधारण समुहका आवेदकले ५औ पूर्णांकको आइक्यू परीक्षा दिनु पर्नेछ। तर आरक्षित समावेशी समुहका आवेदकले यस्तो परीक्षा दिनुपर्ने छैन।