बैकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत चयन, उपाध्यक्षमा अनुकुल भटनागर

बिजमाण्डू
२०७६ मंसिर १७ गते १७:०२ | Dec 3, 2019
बैकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत चयन, उपाध्यक्षमा अनुकुल भटनागर


Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत चयन भएका छन्। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले दुई कार्यकाल संघका कार्य समिति सदस्य थिए।

संघको उपाध्यक्षमा अनुकुल भटनागर चयन भएका छन्।उनी नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। संघमा सदस्यहरु गोविन्द गुरुङ, रमेशराज अर्याल र सुमन शर्माबाहेक सबै नयाँ अनुहार आएका छन्।

संघको सदस्यमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन्।