काठमाडौमा घरजग्गा कारोबार फर्कियो चमक, साउनपछि २४ हजार घरजग्गा किनबेच

बिजमाण्डू
२०७६ मंसिर १४ गते १०:२३ | Nov 30, 2019
काठमाडौमा घरजग्गा कारोबार फर्कियो चमक, साउनपछि २४ हजार घरजग्गा किनबेच

Tata
GBIME
Nepal Life

काठमाडौं। चालु आर्थिक वर्षको सुरुवातसँगै मालपोत कार्यालयमा भीड घट्यो। सरकारले ल्याएको भू-उपयोग ऐनले जग्गाको उपयोगिताभन्दा बाहिर गएर उपयोग गर्न नदिने नीतिका कारण साना/ठूला सबै व्यावसायीहरू जग्गामा लगानी गर्न हच्किरहेका थिए।

सुरूवातको तीन महिना घरजग्गा किनबेचको कारोबार संख्या र संकलित राजस्व दुवैमा गिरावट आएको थियो। तर अहिले भने अवस्था फेरिएको छ। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा काठमाडौंमा २४ हजार घरजग्गा किनबेच भएका छन्। गत वर्षको सोही अवधिमा भने १९ हजार घरजग्गा मात्रै किनबेच भएका थिए।

२४ हजार घरजग्गा किनबेच बाट ४ महिनामा तीन अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको सोही अवधिमा १९ हजार घरजग्गा किनबेचबाट २ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

गत वर्षको भन्दा करिब ६ हजार कारोबारबाट १ अर्ब २० करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ। सामान्यतया राजस्व बढी संकलन हुनुमा वर्षेनी वृद्धि गर्ने न्यूनतम मूल्यांकन कारण भएपनि यति बेला कारोबार संख्यामै पनि सामान्य सुधार भएको छ।

कसको कारोबार कति ?

मालपोत कार्यालय

०७५/७६

०७६/७७

लगनखेल

४२५८

५६८७

भक्तपुर

४१७४

५३७५

डिल्लीबजार

९८२

११४२

चाबहिल

१९२५

२४९९

कलंकी

३७५६

४५९०

साँखु

१७७९

२६२२

मनमैजु

१५१६

१८४१

टोखा

७९३

१०५८

 

मालपोत कार्यालय

०७५/७६ राजस्व (रु हजारमा)

०७६/७७ राजस्व (रु हजारमा)

लगनखेल

५९६३४८

८७२१८६

भक्तपुर

३५९०३०

४५१७११

डिल्लीबजार

५०३९४४

८१८७९२

चाबहिल

४०३५६८

५४५४८६

कलंकी

४५४१९८

५७४६४९

साँखु

११५३९८

१७१७६९

मनमैजु

१४३४९३

२००१७५

टोखा

१२२८७०

१८२८२२

ललितपुरमा एक हजार पाँच सय बढी घरजग्गा किनबेच

ललितपुरको सबै सहरी क्षेत्रको कारोबार गर्ने लगनखेल मालपोत कार्यालयमा चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५ हजार ६ सय ८७ घरजग्गा किनबेच भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा चार हजार २५८ घरजग्गा किनबेच भएको थियो। लगनखेलबाट मात्रै गत आर्थिक वर्षको भन्दा करिब एक हजार पाँच सय घरजग्गा बढी किनबेच भएका छन्।

यो कार्यालयले चालु आर्थिक वर्षमा ८७ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष यो कार्यालयले ५९ करोड ६३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। राजस्वमा पनि गत वर्षको तुलनामा २७ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ।

भक्तपुरमा एक हजार बढी किनबेच

भक्तपुरको एकमात्र मालपोत कार्यालय भक्तपुर मालपोत कार्यालयमा चालु आर्थिक वर्षको पहिलो ४ महिनामा पाँच हजार ३७५ घरजग्गा किनबेच भएको छ। गत वर्षको सोही अवधिमा भने ४ हजार १ सय ७४ घरजग्गा किनबेच भएका थिए। भक्तपुरमा पनि गत वर्षको तुलनामा १ हजार १ सय बढि घरजग्गा किनबेच भएको थियो।

भक्तपुरले चालु वर्षमा ४५ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष भने यो कार्यालयले ३५ करोड ९० लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो। चालु वर्षको राजस्व गत वर्षको भन्दा ९ करोड रुपैयाँले बढी छ।

डिल्लीबजारमा ३२ करोड बढी राजस्व

सबैभन्दा महँगा घरजग्गा किनबेच हुने डिल्लीबजार मालपोत कार्यालयमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा १ हजार १ सय ४२ घरजग्गा किनबेच भएको छ।

गत वर्षको सोही अवधिमा ९ सय ८२ वटा घरजग्गा किनबेच भएका थिए। चालु वर्षमा गत वर्षको तुलनामा १ सय ५० बढी घरजग्गा किनबेच भएको थियो। डिल्ली बजारले चालु वर्ष ८१ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष यो कार्यालयले ५० करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु वर्षको राजस्वमा गत वर्षको तुलनामा करिब ३२ करोड रुपैयाँले बढी हो।

चाबहिलबाट ६ सयभन्दा बढी किनबेच

चाबहिल मालपोत कार्यालयमा चालु वर्षको पहिलो चार महिनामा २ हजार ५ सय घरजग्गा किनबेच भएको छ। गत वर्षको सोही अवधिमा भने १ हजार ९ सय घरजग्गा किनबेच भएको थियो। चालु वर्षमा गत वर्षको तुलनामा करिब ६ सय घरजग्गा बढी किनबेच भएको थियो।

चाबहिलले चालु वर्ष ५४ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।  गत वर्ष भने ४० करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु वर्षको राजस्व गत वर्षको तुलनामा १४ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ।

कलंकीमा १२ करोडभन्दा बढी 

कलंकी मालपोत कार्यालयमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ हजार ५ सय ९० घरजग्गा किनबेच भएको छ। गत वर्षको सोही अवधिमा ३ हजार ७ सय ५६ मात्रै किनबेच थियो। गत वर्षको तुलनामा चालु वर्षको तथ्यांकमा करिब आठ सयवटा भन्दा बढि घरजग्गा कारोबार भएको छ।

यो कार्यालयले चालु वर्षमा ५७ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष भने ४५ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। यो गत वर्षको तुलनामा चालु वर्षमा १२ करोड रुपैयाँले बढी हो।

काँठ क्षेत्रमा करिब १५ सय बढी घरजग्गा किनबेच

काँठ क्षेत्रका घरजग्गाको कारोबार गर्ने कार्यालयको तथ्यांकले पनि ती क्षेत्रमा कारोबार बढेको देखाउँछ। गत वर्षको तुलनमा साँखु, मनमैंजु र टोखा मालपोत कार्यालयमा करिब १ हजार ५ सयको हाराहारीमा बढी कारोबार भएका छन्।

साँखु मालपोत कार्यालयमा चालु वर्षको पहिलो चार महिनामा २ हजार ६ सय २२ घरजग्गा किनबेच भएको छ। गत वर्षको सोही अवधिमा भने १ हजार ७ सय ७९ घरजग्गा मात्रै किनबेच भएको थियो। जुन गत वर्षको तुलनमा यो वर्ष करिब साढे आठ सय घरजग्गा बढी किनबेच भएका छन्।

चालु वर्षमा १७ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गरेको साँखुले गत वर्ष भने ११ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु वर्षको राजस्व गत वर्षको तुलनामा साढे ६ करोड रुपैयाँले बढि हो।

मनमैजु मालपोत कार्यालयमा पनि चालु वर्षको पहिलो चार महिनामा १ हजार ८ सय ४१ घरजग्गा किनबेच भएको छ। गत वर्षको सोही अवधिमा १ हजार ५ सय १६ घरजग्गा किनबेच भएको थियो। चालु वर्षमा गत वर्षको तुलनामा तीन सयभन्दा बढी घरजग्गा किनबेच भएको छ।

मनमैजुले चालु वर्षमा २० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष भने १४ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। जुन चालु वर्षमा साढे पाँच करोड रुपैयाँ भन्दा बढी हो।

टोखा मालपोत कार्यालयमा चालु वर्षको पहिलो चौमासिकमा १ हजार ५८ घरजग्गा किनबेच भएको छ। गत वर्षको सोही अवधिमा भने ७ सय ९३ घरजग्गा मात्रै किनबेच भएको थिए। चालु वर्षमा गत वर्षको तुलनामा २ सय ५० भन्दा बढी घरजग्गा किनबेच भएका छन्।

टोखाले चालु वर्ष १८ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष भने १२ करोड २८ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। जुन गत वर्षको तुलनामा ६ करोड रुपैयाँले बढी हो।