गुडविल फाइनान्सले १२ प्रतिशत व्याजदरमा ऋणपत्र निष्काशन गर्ने, ७ वर्षको लागि लगानी गर्ने अवसर

बिजमाण्डू
२०७६ मंसिर ४ गते १७:३३ | Nov 20, 2019

काठमाडौं। गुडविल फाइनान्सले १२ प्रतिशत व्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ। फाइनान्सले २५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने जनाएको छ। 

Tata
GBIME
Nepal Life

७ वर्ष अवधिको उक्त ऋणपत्र निष्काशनको लागि फाइनान्सले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने छ। 

ऋणपत्र निष्काशनको लागि बिक्री प्रवन्धकमा एनआइविएल एस क्यापिटललाई नियुक्त गरेको छ। सर्वसाधारणले प्रति इकाइ एक हजार रुपैयाँको दरमा न्यूनतम २५ कित्ता खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा फाइनान्सले मध्यम किसिमको सुरक्षाको सूचक जनाउने 'इक्रा एनपि एल डवल बि' प्राप्त गरेको छ। फाइनान्सले २०५२ सालदेखि वित्तीय कारोबार गर्दै आएको छ। फाइनान्सको शेयर दोस्रो बजारमा २०५५ सालदेखि नै सूचिकृत भएको थियो। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीतिमा फाइनान्सले पनि ऋणपत्र निष्काशन गर्ने व्यवस्था गरेको थियो। नेपाल राष्ट्र बैंकको उक्त व्यवस्था सँगै यस अगाडि आइसिएफसी फाइनान्सले पनि ऋणपत्र निष्काशन गर्ने घोषणा गरेको थियो। ऋणपत्र निष्काशनमा फाइनान्स कम्पनीको तर्फबाट गुडविल दोस्रो हुने छ। 

संस्थाको हालको चुक्ता पूँजी ८० करोड रुपैयाँ छ। पूँजी कोष व्यवस्थापनका लागि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र निष्काशन गर्ने क्रम बढाएका छन्।