आइडियाको स्वीट सिक्सटीनः राष्ट्र निर्माणमा सहभागिताको माग  

बिजमाण्डू
२०७६ मंसिर २ गते १८:०६ | Nov 18, 2019


काठमाडौं। इन्टेरियर डिजाइनर एसोशियसन अफ नेपाल (आइडिया नेपाल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ। 

Tata
GBIME
Nepal Life

इन्टेरियर डिजाइनरहरुको पेशागत हक अधिकारको रक्षा र सम्बर्द्धनको लागि भन्दै २०६० सालमा स्थापना भएको आइडियाले १६औं वर्ष पूरा गर्न सफल भएको हो।

आइडियाले आइतबार काठमाडौंस्थित कालोपुलको वेष्ट भेन्यूमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा इन्टेरियरको ठूलो जमात देख्दा निकै खुसी लागेको बताए

आइडिया नेपालकी अध्यक्ष विन्द्रा कक्षपति प्रधानले नेपालमा इन्टेरियर डिजाइनरहरुको समुचित विकास र प्रवद्र्धनका लागि पहल गरेको बताइन्। इन्टेरियर डिजाइनिङ पेशाको महत्व र प्रभाववारे जानकारी गराउँदै उनले हरेक व्यक्ति, घर, समाज अनि राज्यले पेशाको प्रभावकारितालाई बुझिदिन आग्रह गरिन्।

त्यसैगरी, कार्यक्रममा बोल्दै आइडियाकी संस्थापक अध्यक्ष प्रा.डा. मथुरा कार्कीले १६ वर्ष अघिको अवस्था र अहिलेको अवस्थामा आएको परिवर्तन स्मरण गरिन्। उनले अहिले थुप्रै अवसर भएकाले इन्टेरियर डिजाइनको विषय छनौट गरी राम्रोसँग अध्ययन गर्न नयाँ पुस्तालाई आग्रह गरिन्।