प्रिमियर इन्स्योरेन्सका सिइओ सुधुम्न उपाध्यायको कार्यकाल सकियो, सहदेव तिवारीलाई निमित्त

बिजमाण्डू
२०७६ मंसिर २ गते १४:१७ | Nov 18, 2019
प्रिमियर इन्स्योरेन्सका सिइओ सुधुम्न उपाध्यायको कार्यकाल सकियो, सहदेव तिवारीलाई निमित्त


काठमाडौं। प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायको कार्यकाल सकिएको छ।

Tata
GBIME
Nepal Life

कात्तिक मसान्तबाट उनको कार्यकाल सकिएपछि कम्पनीकै नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन्।

उपाध्यायले प्रमुख कार्यकारी अधिकृतमा दुई कार्यकाल पूरा गरेर बाहिरिएका हुन्। बीमा सम्बन्धी संस्थागत सुशासन अन्तर्गत बीमा कम्पनीका प्रमुख कार्यकारीले दुई कार्यकाल भन्दा बढी काम गर्न पाउदैनन्।

निमित्तको जिम्मेवारी पाएका अधिकारी विगत २५ वर्ष भन्दा लामो समयदेखि कार्यरत छन्।