सेञ्चुरी बैंकको नाफा अन्य वाणिज्य बैंककै तहमा पुग्यो, प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार

बिजमाण्डू
२०७६ कात्तिक २९ गते १०:२७ | Nov 15, 2019


काठमाडौं। सेञ्चुरी बैंकले गतवर्षको भन्दा ९ करोड ६८ लाख रुपैयाँले नाफा सुधार गर्दै अन्य बाणिज्य बैंकहरुकै तहमा पुगेको छ।

Tata
GBIME
Nepal Life

बैंकले तीन महिनामा ३७ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो। यहि हिसावले बैंकले यस वर्ष अर्ब रुपैयाँ भन्दा माथि नाफा गर्ने देखिएको हो।

खुद व्याज आम्दानी ११.४६ प्रतिशतले सुधार गर्दै तीन असोजसम्ममा ७८ करोड चार लाख रुपैयाँ आर्जन गरेको छ। असार यता निक्षेप संकलन १.६० प्रतिशतले बढेको छ भने कर्जा विस्तार २.८२ प्रतिशत छ।

तीन महिनाको अवधिमा ६१ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ जम्मा गरेको छ।

पुँजीकोष अनुपात १३.९७ प्रतिशत छ। खराब कर्जा अस्वाभाविक रुपमा बढेको छ। गत वर्ष ०.८२ प्रतिशत रहेको खराव कर्जा यस वर्ष बढेर २.४७ प्रतिशत छ। प्रतिशेयर आम्दानी १३ रुपैयाँबाट १७ रुपैयाँ पुगेको छ।