लण्डनपछि मुस्ताङमा इ-रेस हुँदै, एक अर्बको लगानीमा इलेक्ट्रिक एसयुभिबीच प्रतिस्पर्धा

बिजमाण्डू
२०७६ कात्तिक २८ गते १५:०५ | Nov 14, 2019


काठमाडौं। एक वर्ष अघि लण्डनबाट सुरु गरिएको 'इ-रेस' विद्युतीय गाडीको रेस आगामी २०२१ मा नेपालकै मुस्ताङमा हुने भएको छ।
एक्सट्रिम-इका संस्थापक एलेजान्ड्रोले सन् २०२१ को मे महिनामा मुस्ताङमा एक्सट्रिम-इ रेस गर्ने घोषणा गरेका छन्।

Tata
GBIME
Nepal Life

करिब एक अर्ब रुपैयाँको लागत अनुमान गरिएको  रेस मुस्ताङको ग्राभल सडकमा सम्पन्न हुनेछ। उक्त रेसमा इलेक्ट्रिक एसयुभि (स्पोर्ट युटिलिटी भेहिकल) गाडीमार्फत रेस आयोजना गरिने जनाइएको छ।

उनका अनुसार चरणवद्ध रुपमा आयोजना हुने रेसको अवधिभर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ।     

'हामी गत वर्ष देखि हिमाली, सागर, मरुभुमी, जंगल लगायत विश्वभर रहेका विभीन्न गन्तब्य उचित स्थान छनोट गर्ने क्रममा थियौँ। त्यसमध्ये हिमाली क्षेत्र छनोटका क्रममा नेपाल उपयुक्त पायौँ। यसअघि अध्ययनका लागि भुटान, भारत पनि गएका थियौँ। पूर्वाधार र शान्तपुर्ण वातावरणको हिसाबले हामीले नेपालको मुस्ताङ जिल्ला उपयुक्त पायौँ।' उनले भने।

नेपालको पर्यटन प्रवर्द्धन, विद्युतीय गाडीको बजारीकरणसँगै विश्वभर वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउने उद्धेश्यले हिमाली क्षेत्रमा इ रेस आयोजना गर्न लागिएको उनले बताए।

रेसमार्फत नेपाल सरकार, स्थानीयसहकार्यमा विश्व जल तथा मौसम परिवर्तन कुरालाई मध्यनजर गर्दै जनचेतनामुलक कार्यक्रम आयोजना गरिने उनले बताए। 'हिमालको देश भनेर नेपाललाई नै चिनिन्छ त्यसैकारण एक्सट्रिम इ-रेसको लागि हामीले नेपाललाई छनोट गरेका हौँ।'

बिएमडब्लु, ज्यागुअर, निशान, महिन्द्रा, पेजियो लगायतको सहकार्यमा इ -रेसमा प्रयोग गरिने गाडी तयार गरिएको उनले बताए। १२ वटा टिमको सहभागिता हुने उक्त रेसमा पाँच सय जना इ-रेसका समुहको र अन्तर्राष्ट्रिय संचारमाध्यमबाट एक सय जनाको सहभागिता हुने जनाइएको छ।

उनका अनुसार १२ वटा टिमअन्तर्गत प्रत्येक टिमसँग एउटा एसयुभि हुनेछ। 'यो विशुद्ध विद्युतिय गाडी हो। हामीले यी गाडीको ब्याट्री चार्ज गर्नका लागि हामीले ब्याकअप चार्जरको प्रयोग गर्नेछौँ। गाडी प्रयोगमा भएको समयमा ब्याकअप चार्जमा राखिनेछ। रेसिङपछि ब्याकअप मार्फत गाडीको ब्याट्री चार्ज गरिनेछ।' उनले भने।

उनका अनुसार इ-रेसका लागि प्रयोग गरिने एउटा गाडीको ब्याट्री चार्ज गर्न ४५ मिनेट लाग्नेछ।    

एक्सट्रिम इ-रेस मार्फत नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउँदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने,'यो इभेन्टमा विभिन्न मुलुकका उच्चपदाधिकारी, कलाकार लगायतको सहभागिता हुनेछ। विभिन्न अन्तर्राष्ट्रिय चर्चित टेलिभिजन च्यानलमार्फत इभेन्टको प्रत्यक्ष प्रसारण हुनेछ। यो इभेन्टले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ।'

के हो एक्सट्रिम-इ?
एक्सट्रिम-इ विसुद्ध नयाँ रेसिङ सिरिज हो। मौसम प्रभावित भएको, प्राकृतिक विनाश भएका क्षेत्रमा विद्युतीय गाडीमार्फत जनचेतना फैलाउने उद्देश्यले यो रेस संचालन गरिँदै आइएको छ।

फर्मुला-इ सँग सम्बन्धित यो रेसिङ सिरीजले वातावरण विनाश भएका ठाउँमा समाधान गर्दै वातावरण संरक्षणमा टेवा पुर्याोउँदै आएको छ।    सन् २०१८ मा स्थापना भएको एक्स्ट्रेम-इको च्याम्पियनसीप आउँदो २०२१ बाट पाँचस्थानमा आयोजना हुँदैछ।

पाँच स्थानमध्ये नेपाल चौथौँ स्थानमा परेको छ। यो रेसिङको योजना भने औपचारिक रुपमा सन् २०१९मा संस्थापक एलजान्ड्रो, चालक गिल डे फेरानद्वारा लण्डनमा गरिएको थियो।