रुप ज्योति पक्राउको विरोधमा उद्योग वाणिज्य संघको प्रदर्शन, व्यवसायीले मागे सुरक्षा र सम्मान

बिजमाण्डू
२०७६ कात्तिक २८ गते १३:१२ | Nov 14, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। पूर्व राज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रुप ज्योति पक्राउको विरोधमा काठमाडौंका उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। उद्योग वाणिज्य संघ काठमाडौंले बिहीबार बसन्तपुरमा विरोध प्रदर्शन गरेका हुन्।

सघंका सदस्यहरुले हातमा कालो पट्टि बाँधेर बिरोध प्रदर्शन गरेका थिए। व्यवसायीलाई गम्भिर प्रकृतीको अपराध गरे जस्तै गरी धरपकड भएको र यसमा सरकार गम्भीर नभएको व्यवसायीहरुको आरोप छ।

देशको अर्थतन्त्रमा  ७० प्रतिशत योगदान पुर्याउने निजी क्षेत्रप्रति सरकार गम्भिर नभएको प्रदर्शनमा आएका एक व्यवसायीले आरोप लगाए।

संघका अध्यक्ष दिनेश श्रेष्ठले राज्यले निजी क्षेत्रलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने बताए।

उनले रुप ज्योति र उनकी छोरी सूरुची ज्योतिलाई भगौडा जस्तो व्यवहार गरी धरपकड गरेको भन्दै उनले एयरपोर्टबाट फर्कने क्रममा गिरफ्तार गर्नु आवश्यक नभएको धारणा राखे। उनले ऐन कानुन सुधार गर्नतर्फ सरकार लाग्नुपर्ने पनि बताए।

उनले भने 'व्यवसायीका बिचमा भएको सामान्य बिवादमा ब्ल्याकमेलिङ गर्न खोजिएको छ। सानो रकमको बिषयमा खोरमा हाल्ने काम भएको छ। व्यवसायीले गल्ती नै गर्दैनन् भन्ने होइन तर अन्तराष्ट्रिय अभ्यास पनि हेर्नुपर्यो। व्यवसायीको उचित मूल्यांकन पनि हुनुपर्यो।'