लक्ष्मी बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानीमा सुधार, प्राइमको नाफा पनि बढ्यो




काठमाडौं। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंक र प्राइम कमर्सियल बैंकले गत नाफा बढाएका छन्। 

लक्ष्मी बैंकले तीन महिनामा ३२ प्रतिशतले नाफा बढाएको छ। तीन महिनाको अवधिमा बैंकले ४० करोड १९ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यही अवधिमा ३० करोड ३० लाख रुपैयाँ थियो। 

TATA
SANIMA new
Jagdamba Steel

खुद व्याज आम्दानी १६ प्रतिशतले बढेर ८६ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ। तीन महिनाको अवधिमा निक्षेप संकलन २.३४ प्रतिशतले बढ्दा ऋण लगानी भने ४.८० प्रतिशतले बढेको छ। बैंकले यही अवधिमा ८२ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। 

चुक्ता पूँजी ८ अर्ब ९२ करोड रुपैयाँ छ भने जगेडामा दुई अर्ब २४ करोड रुपैयाँ जम्मा गरेको छ। पूँजीकोष अनुपात १२.३६ प्रतिशतबाट खुम्चिएर ११.९० प्रतिशतमा झरेको छ। खराव कर्जा १.५० प्रतिशतबाट सुधार भइ १.०४ प्रतिशतमा झार्न सफल भएको छ। 

बैंकको कस्ट अफ फण्ड घटेर ७.१९ प्रतिशतमा झरेको छ। आधार व्याजदर १०.२४ प्रतिशत छ भने स्प्रेडदर ४.०५ प्रतिशतबाट बढेर ४.३३ प्रतिशत पुर्याएको छ। प्रति शेयर आम्दानी चार रुपैयाँले सुधार भएर १८ रुपैयाँ पुगेको छ। 

प्राइम बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमाशको तुलनामा १३.३७ प्रतिशतले नाफा सुधार गरेको छ। बैंकले तीन महिनाको अवधिमा ६५ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोहि अवधिमा ५८ करोड १९ लाख रुपैयाँ थियो। 


Share this Story

   

लक्ष्मी बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानीमा सुधार, प्राइमको नाफा पनि बढ्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell