गरिमा विकास बैंकले खोल्यो पोखराको तालचोकमा नयाँ शाखा, देशभर ९० शाखा

बिजमाण्डू
२०७६ कात्तिक २५ गते १६:४० | Nov 11, 2019
गरिमा विकास बैंकले खोल्यो पोखराको तालचोकमा नयाँ शाखा, देशभर ९० शाखा

Tata
GBIME
Nepal Life

काठमाडौं। गरिमा विकास बैंकले पोखराको तालचोकको शाखाको औपचारिक उद्घाटन गरेको छ।

बैंकको शाखाको उद्घाटन लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले गरेका छन्। 

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रकान्त बरालले सर्वसाधारण लगायत साना तथा मझौला र ठूला ब्यवसायिक क्षेत्रको विकासमा पूँजी उपलब्ध गराउने बताए।

प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गरिमा विकास बैंक उत्कृष्ठ संस्थाका रुपमा स्थापित भएको बताए। 

बैंकका देशभर ९० शाखा र ४६ एटिएम छन्। गरिमा रेमिटका करिव १० हजार एजेन्ट रहेको पनि उनले जानकारी दिए।