स्ट्याण्डर्ड चार्टर्डले २२.५०% नगद लाभांस दिने, लाभांस बाँड्न योग्य नाफा जति लगानीकर्तालाई

बिजमाण्डू
२०७६ कात्तिक ४ गते १६:५३ | Oct 21, 2019
स्ट्याण्डर्ड चार्टर्डले २२.५०% नगद लाभांस दिने, लाभांस बाँड्न योग्य नाफा जति लगानीकर्तालाई

Tata
GBIME
Nepal Life

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको भन्दा लाभांस बढाएको छ। बैंकले चालु आर्थिक वर्षको नाफाबाट २२.५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ। पूँजी वृद्धि योजना पछि बोनस शेयर दिएरै पूँजी जुटाएको बैंकले पछिल्लो समय लाभांस दर घटाएको थियो।

नेपाल राष्ट्र बैंकबाट लाभांस वितरणको प्रस्ताव स्वीकृत भए पछि सोमबार सार्वजनिक गरेको हो। बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड रुपैयाँ छ। यस पूँजीको २२.५ प्रतिशत नगद लाभांस अनुसार शेयरधनीहरुले एक अर्ब ८० करोड रुपैयाँ लाभांस प्राप्त गर्ने छन्। बैंकले आगामी हुने वार्षिक साधारणसभामा उक्त लाभांसको प्रस्ताव पेश गर्नेछ।

बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको थियो। जस मध्ये लाभांस बाँड्न योग्य मुनाफा भने जम्मा एक अर्ब ८० करोड रुपैयाँ मात्रै थियो। बैंकले लाभांस बाँड्न योग्य नाफा जति नै नगदका रुपमा दिन लागेको हो। नियामकीय रिजर्भ राखेर लाभांस वितरण गर्दा पनि बैंकको जगेडा कोष थप बलियो बन्ने छ। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकको जगेडामा ५ अर्ब १७ करोड रुपैयाँ छ।

दोस्रो बजारमा कम्पनीको बजार मूल्य ५६५ रुपैयाँबाट सुरु भएको थियो। नगद लाभांसको घोषणा सँगै सोमबार बैंकको बजार मूल्य थप १८ रुपैयाँले घटेर ५४७ रुपैयाँमा झरेको छ। दोस्रो बजारमा यो कम्पनीको शेयरलाई ब्लुचिप कम्पनीको रुपमा हेरिन्छ। तर दोस्रो बजार नै लगातार ओरालो झर्दै गर्दा कम्पनीको मूल्यमा पनि गिरावट आइरहेको छ।

बैंकले विगतका वर्षमा वितरण गरेको लाभांस

आर्थिक वर्ष

बोनस शेयर

नगद लाभांस

जम्मा लाभांस

2075/2076

0

22.5

22.5

2074/2075

0

17.5

17.5

2073/2074

100

5.26

105.26

2072/2073

33.33

1.75

35.08

2071/2072

25

19.21

44.21

2070/2071

10

41.5

51.5

2069/2070

10

40

50