क्लियरिङ हाउसले चुक्ता पूँजी बढाउन ३८ प्रतिशत बोनस शेयर दिँदै, डाक्यो ८औं साधारणसभा

बिजमाण्डू
२०७६ कात्तिक ४ गते १०:५४ | Oct 21, 2019
क्लियरिङ हाउसले चुक्ता पूँजी बढाउन ३८ प्रतिशत बोनस शेयर दिँदै, डाक्यो ८औं साधारणसभा


काठमाडौं। नेपाल क्लियरिङ हाउसले कात्तिक २५ गते ८औं वार्षिक साधारणसभा डाकेको छ। सञ्चालक समितिले चुक्ता पूँजीको ३८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। 

Tata
GBIME
Nepal Life

बोनस शेयर प्रयोजनको लागि दुई प्रतिशत नगद लाभांसको प्रस्ताव साधारणसभामा लगिने भएको हो। चुक्ता पूँजी बढेसँगै कम्पनीले अधिकृत पूँजी ५० करोड रुपैयाँ पुर्याउने भएको छ। 

साधारणसभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै वर्तमान लेखापरीक्षक जोशी एण्ड भण्डारीलाई नै पुनः नियुक्ति गर्ने भएको हो। 

कम्पनीको हालको चुक्ता पूँजी २१ करोड ६० लाख रुपैयाँ छ। बोनस शेयर दिएपछि चुक्ता पूँजी २९ करोड ८० लाख रुपैयाँ पुग्नेछ। गत पुषसम्मको सार्वजिनक वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा ३२ करोड ४३ लाख रुपैयाँ छ। 

कम्पनीको शेयरधनीहरुमा नेपाल राष्ट्र बैंक सहित बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्। कम्पनीले विद्युतीय भुक्तानी तथा सेटलमेटको काम गर्दै आएको छ। पछिल्लो समय शेयर बजारको अनलाइन भुक्तानीको पनि काम गर्दै आएको छ। क्लियरिङ हाउसले कनेक्ट आइपिएस मार्फत इपेमेन्ट, अनलाइन फण्ड ट्रान्सफरको सेवा प्रदान गर्दै आएको छ।