सोनालिका ट्रयाक्टरमा अब पेट्रोनस आयल प्रयोग हुने, इन्जिनको आयु बढाउने

बिजमाण्डू
२०७६ कात्तिक ३ गते १६:०४ | Oct 20, 2019
सोनालिका ट्रयाक्टरमा अब पेट्रोनस आयल प्रयोग हुने, इन्जिनको आयु बढाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाली बजारमा बिक्री–वितरण हुने सोनालिका ट्रयाक्टरमा अब पेट्रोनस आयल प्रयोग हुने भएको छ ।सोनालिका र पेट्रोनसबीच सहकार्य भएको छ। पेट्रोनसले यसका लागि लुब्रि–एक्ससब–ब्रान्डको इन्जिन तथा ट्रान्समिसन आयल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

शनिबार आयोजित एक कार्यक्रममा पेट्रोनस लुब्रिकेन्टका एसिया प्यासिफक रिजनल हेड रुस्लान हालिम बिन इस्लाउद्दिन र सोनालिका ट्रयाक्टरको उत्पादक इन्टरनेसनल ट्रयाक्टर्स लिमिटेडका इन्टरनेसनल सर्भिस एन्ड स्पेयर्स हेड तारक मन्नाले सो आयल सार्वजनिक गरे।

सोनालिका ट्रयाक्टरमा प्रयोग गरिने लुब्रि–एक्स इन्जिन तथा ट्रान्समिसन आयलले इन्जिन डिपोजिटलाई नियन्त्रण गर्नुृका साथै इन्जिनको आयु बढाउन सहयोग गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार ब्रेक, डिस्क, गियरबक्स र हाइड्रोलिक लिफ्टको आयु समेत बढाउँछ।

कम्पनीले इन्जिन आयल १, ८.५ र १० लिटर तथा ट्रान्समिसन आयल १, ५ र २० लिटर प्याकमा उपलब्ध रहेको जनाएको छ। कम्पनीका अनुसार अक्टोबरदेखि डिसेम्बर सम्म तीन महिनाको अवधिमा ६ किलोलिटर वा सो भन्दा बढी आयल बिक्री गर्ने डिलरलाई ३ रात र ४ दिनको दुबई भ्रमणको अफर सार्वजनिक गरेको छ।