ब्यापार युद्ध र संरक्षणवादले विश्व आर्थिक मन्दी, ‘वहुपक्षवादको भावनाले काम गरे आर्थिक बृद्धि’

बिजमाण्डू
२०७६ कात्तिक ३ गते ०९:५२ | Oct 20, 2019
ब्यापार युद्ध र संरक्षणवादले विश्व आर्थिक मन्दी, ‘वहुपक्षवादको भावनाले काम गरे आर्थिक बृद्धि’


Tata
GBIME
Nepal Life

नयाँदिल्ली। भारती वित्त मन्त्री निर्मला सीतारमणले ब्यापार युद्ध र संरक्षणवादले विश्व अर्थतन्त्रमा अनिश्चितता उत्पन्न गरेको बताएकी छिन्। अहिले अमेरिका र चीनबीच ब्यापार युद्ध चलिरहेको छ। उनीहरुका कारण अन्य देशको आर्थिक गतिविधि पनि प्रभावित हुन थालेको छ।

'ब्यापार युद्धका कारण पूँजी प्रवाह र बस्तु तथा सेवाको ब्यापरमा असर देखिएको छ' उनले भनिन्। वाशिङटनमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा भाग लिन पुगेकी सीतारमणले अहिलेको वैश्विक मन्दीलाई हटाउनका लागि बहुपक्षवादको भावनाका साथ सबैले काम गर्नु पर्ने बताइन्।

'अहिले सन्सार भरीनै आर्थिक मन्दी देखिएको छ' उनले भनिन्, 'यसबाट उम्किनका लागि सामूहिक कदम उठाउनु पर्छ र वैश्विक आर्थिक बृद्धि गर्न वहुपक्षीयवादको भावना सबैमा जरुरी हुन्छ।'

सीतारमणले केही दिनअघि अमेरिकाबाटै पूर्व प्रधानमन्त्री मनमोहन सिंह र रिजर्भ बैंक अफ इण्डियाका पूर्व गभर्नर डा. रघुराम राजनको पनि आलोचना गरेकी थिइन्। 

भारतले ८ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य राखेपनि ५ प्रतिशत हाराहारी मात्रै हासिल हुने देखिएको छ। त्यही कारण अहिले भारतमा नरेन्द्र मोदी सरकारको आलोचना भइरहेको छ। वित्त मन्त्री सीतारमणले आलोचनाहरुको खण्डन गर्दै आएकी छिन्। अमेरिका पुगेर भने उनले मन्दी विश्वभरी नै आएको बताएकी हुन्।