कार्ल्सबर्ग गल्फ सिरिज: निश्चय रायमाझी बने नेट च्याम्पियन, ग्रस च्याम्पियन बने तासी

बिजमाण्डू
२०७६ कात्तिक २ गते २०:३६ | Oct 19, 2019
कार्ल्सबर्ग गल्फ सिरिज: निश्चय रायमाझी बने नेट च्याम्पियन, ग्रस च्याम्पियन बने तासी

Tata
GBIME
Nepal Life

काठमाडौं। काल्र्सबर्ग गल्फ सिरिज् २०१९ को अन्तिम लेग् अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको अन्तिम सिरिज सकिएको छ। यो प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा भएको थियो।

तीन वटा सिरिज मध्येको अन्तिम सिरिजमा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई मौका दिइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार निश्चय रायमाझी २७५ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर काल्र्सबर्ग गल्फ सिरिज् २०१९को नेट  च्याम्पियन भएका छन्। उनले उपहार स्वरुप मलेसियामा हुने गल्फ टुर्नामेन्टमा सहभागी हुने अवसर पपाएका छन् भने तासी क्षिरिङ्गले २१० अंक प्राप्त गरी सिरिजको ग्रस च्याम्पियन बन्न सफल भएको कम्पनीले जनाएको छ।

निश्चयले ३७ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता पनि भएका छन् भने तासीले ३५ अंक प्राप्त गरी अन्तिम सिरिज ग्रस विजेता बन्न सफल भएका छन्। कम्पनीका अनुसार राज प्रधान ३५ अंक काउन्ट ब्याकका साथ नेट उप–विजेता बने।

३० अंक काउन्ट ब्याकका साथ प्रतिभा राई महिला तर्फका विजेता बन्न सफल भएकी छिन् भने ३० अंक काउन्ट ब्याकका साथ करिस्मा साह उप विजेता बनेकी छिन्। यसै गरी ६० वर्ष र त्यसभन्दा माथिका सहभागीहरुका सिनियर विधामा ३४ अंकका साथ मदन राणा विजेता भए।

कम्पनीका अनुसार ५ बर्डिज साथ  विजय एस इनहउस ले मष्ट बर्डिजका उपाधि जिते। कम्पनीका अनुसार वाङ्गछेन धोन्डोप र लि उई जि ले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते।

कम्पनीका अनुसार ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको यो प्रतियोगितामा १८ वटा होल्स थिए र ८५ गल्फर सहभागी भएका थिए। 

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले भने, “सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फ सिरिजले साँच्चै नै लामो बाटो तय गरेको छ।”

गोर्खा बु्रअरीका बजार प्रबन्धक रोजन अमात्यले भने, “यो प्रतियोगिता प्रति हामीले निकै नै उत्कृष्ट प्रतिकृया प्राप्त गरेका छौं र हामी समस्त सहभागीहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं।”

गोकर्ण फरेष्ट रिसर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यले भने, “काल्र्सबर्ग गल्फ सिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो। यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ।”