मेगा बैंकले डाक्यो ९औं वार्षिक साधारणसभा, ११.७५% नगद लाभांस दिने, मर्जरको योजना 

बिजमाण्डू
२०७६ कात्तिक १ गते १०:४४ | Oct 18, 2019
मेगा बैंकले डाक्यो ९औं वार्षिक साधारणसभा, ११.७५% नगद लाभांस दिने, मर्जरको योजना 

Tata
GBIME
Nepal Life

काठमाडौं। मेगा बैंकले कात्तिक २९ गते ९औं वार्षिक साधारणसभा डाकेको छ। बैंकले साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट ११.७५ प्रतिशत नगद लाभांसको प्रस्ताव पेश गर्ने छ। 

साधारणसभा प्रयोजनको लागि बैंकले कात्तिक २१ गते बुक क्लोज गर्न भएको छ। कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले नगद लाभांस प्राप्त गर्न सक्ने छन्। 

साधारणसभामा मर्जरको लागि आवश्यक काम कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अगाडि सारिने भएको छ। बैंकले गत आर्थिक वर्षमा एक अर्ब ७१ करोड रुपैयाँ नाफा गरेको थियो। जसमध्ये शेयरधनीहरुको लागि लाभांस बाड्न योग्य नाफा एक अर्ब ३५ करोड रुपैयाँ छ। 

बैंकको चुक्ता पूँजी १० अर्ब ३८ लाख रुपैयाँ छ। जगेडा कोषमा एक अर्ब ८४ करोड रुपैयाँ छ। संस्थापक शेयरधनीहरुलाई खुसी पार्न बैंकले नगद लाभांस दिएको हो। 

नगद लाभांस घोषाणापछि दोस्रो बजारमा बैंकको शेयर मूल्य घटिरहेको छ। व्यापारको तुलनामा पूँजी धेरै भएपछि बैंकले पूँजी बढाउनेभन्दा पनि नगदलाई बढि ध्यान दिएको देखिन्छ।