चुनढुंगा उत्खननका लागि दुई कम्पनीले पाए स्वीकृती, कसमस र क्वारेजले पाए अनुमति

बिजमाण्डू
२०७६ असोज ३० गते १८:०८ | Oct 17, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले चुनढुंगा उत्खननको लागि दुई कम्पनीलाई स्वीकृति दिएको छ।

मन्त्रिपरिषदको गत ३० गते बसेको बैठकले बारही क्वारेज प्राली  र कसमस सिमेन्टलाई चुनढुंगा उत्खननको अनुमति दिएको हो। सरकारले क्वारेज प्रालीका लागि तनहुँ जिल्लाको व्यास नगरपालिका अन्तर्गत सामुदियक वन क्षेत्रको ४.८५ हेक्टर जमिनमा स्वीकृति दिएको छ।

यस्तै कसमसका लागि उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकाको राष्ट्रिय वन क्षेत्रको ४.९९ हेक्टर जमिनमा चुनढुङगा उत्खननको जिम्मा दिएको हो।