माहुलि लघुबित्तको लाभांश दर बढ्यो, शेयरधनीले २० % बोनस र ११% नगद लाभांश पाउने

बिजमाण्डू
२०७६ असोज ३० गते १५:०२ | Oct 17, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। माहुलि लघुबित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ। संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१.५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। संस्थाको बुधवार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजन सहित ११.५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउने छन्।

संस्थाले प्रस्ताव गरेको लाभांश गत वर्षको भन्दा बढी हो। गत वर्ष संस्थाले २१.०५ प्रतिशत लाभांश दिएको थियो।

दुई वर्ष अघि भने संस्थाको लाभांश दर ६० प्रतिशत रहेको थियो। हाल संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ। उसले जगेडा कोषमा १९ करोड रुपैयाँ राखेको छ।

गत वर्ष संस्थाले चार करोड २९ लाख रुपैयाँ आर्जन गरेको थियो। प्रति शेयर आम्दानी ४२ रुपैयाँ १० पैसा रहेको संस्थाको प्रति शेयर नेटवर्थ २८९.४१ रहेको छ।