पार्क भिलेजमा अत्याधुनिक सिवेज ट्रिटमेन्ट प्लान्ट, फोहोर पानीलाई यसरी गरिन्छ पुनर्प्रयोग

बिजमाण्डू
२०७६ असोज ३० गते १४:४३ | Oct 17, 2019


काठमाडौं। केजिएच ग्रुपको बुढानिलकण्ठ स्थित पार्क भिलेजमा  सिवेज ट्रिटमेन्ट प्लान्ट सुरु गरिएको छ। पानी बचाउ अभियानका लागि कम्पनीले सिवेज ट्रिटमेन्ट प्लान्ट सुरु गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

'वातावरण संरक्षण नै हाम्रो मुख्य उद्धेश्य हो। हामीले पानीको प्रयोगलाई न्यून गर्ने उद्धेश्यले यो ट्रिटमेन्ट सुरु गरेका हौँ।' रिसोर्टकी कार्यकारी निर्देशक अमृताञ्जली शाक्यले बिजमाण्डूसँग भनिन्।

भारतको एसजे इन्भारोमेन्ट सोलुसनमार्सफत जडान गरिएको यो प्रविधीमार्फत  प्रयोग भइसकेको पानीलाई पुनः प्रसोधन गरी बाथरुम फ्लस, गार्डेनिङ लगायतमा प्रयोग गर्न सकिने उनले बताइन्।

'होटलमा अत्याधिक पानीको प्रयोग हुनेगर्छ। हामीले वातावरणमैत्री नीति र योजनामा अनुसार न्युनिकरण, पुनर्प्रयोग र प्रशोधनको सिद्धान्तलाई अपनाएका छौँ। पाहुना कोठा, भान्सा, लण्ड्री र स्विमीङ पुलमा प्रयोग भइसकेको पानी लाई पुनः प्रयोग गर्न सकिनेछ।' उनले भनिन्।

उनका अनुसार प्रसोधन गरिएको पानी रिसोर्टमा रहेको अर्ग्यानिक भेजिटेवल गार्डेनमा प्रयोग गरिने छ। उनी भन्छिन्-'दिगो र वातावरण केन्द्रित होटलका रुपमा उदाहरण बन्नका लागि हामीले अत्याधुनिक प्लान्ट जडान गरेका हौं। यसले पानी जोगाउन योगदान दिनेछ।'