‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ अहिलेसम्म ३५% बिक्यो, कार्तिक ७ गतेसम्म आवेदन दिन सकिने

बिजमाण्डू
२०७६ असोज ३० गते १४:२४ | Oct 17, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज क्यापिटलले निष्कासन गरेको 'सनराइ फर्स्ट म्युचुअल फण्ड' करिब ३५ प्रतिशत बिक्री भएको छ। बुधवार सम्म उसको योजना ३४.३४ प्रतिशत बिक्री भएको सनराइज क्यापिटलले जनाएको छ।

बुधवार सम्म ३४ लाख ३४ हजार इकाई बिरि भएको छ।क्यापिटलले १० रुपैयाँ दरका एक अर्व रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गरेको थियो। जसमा करिब ३५ प्रतिशत इकाई बिक्री भैसकेको क्यापिटलको भनाई छ।

क्यापिटलले गत असोज आठ गतेदेखि इकाई निष्कासन गरेको हो। उसको यो पहिलो सामूहिक योजना हो। उसले व्यवस्थापन गर्न लागेको १० वर्षे बन्द मुखी योजनाको आकार एक अर्व रुपैयाँ छ । तर उसको ८५ करोड रुपैयाँ मात्रै सर्वसाधारणबाट सङ्कलन गर्ने योजना छ।

उसले बाँकी रहेको १५ प्रतिशत अर्थात् १५ करोड रुपैयाँको इकाई योजना व्यवस्थापक तथा कोष प्रवर्द्धक सनराइज क्यापिटल र सनराइज बैंकलाई छुट्याएको छ। लगानीकर्ताहरूले कात्तिक ७ गतेसम्म उक्त योजनामा आवेदन दिन सक्ने छन्।

सामूहिक योजना निष्कासन भएको सुरुवाती दिनहरूभन्दा पछिल्लो समय लगानीकर्ताको योजनामा आकर्षण बढ्दै गएको छ।
जसका कारण योजनाको विक्रीले तीव्रता लिएको हो।सामूहिक योजनाको इकाइधनीलाई सुरुवात देखिनै उच्च प्रतिफल योजनामा क्यापिटल रहेकोले उसको योजनामा लगानीकर्ताको आकर्षण बढेको हो।

योजनाको कोष सुपरिवेक्षकमा पूर्व गृह सचिव चण्डी प्रसाद श्रेष्ठ, पूर्व डेपुटी गभर्नर कृष्ण बहादुर मानन्धर, नेपाल टेलिकमका पूर्व प्रबन्धक बुद्धि प्रसाद आचार्य, वरिष्ठ अधिवक्ता पूर्ण मान शाक्य र चार्टर्ड एकाउन्टेन्ट सुधारकुमार शर्मा रहेका छन्।

फण्डले जोखिम व्यवस्थापन गरेर औसत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औसत वार्षिक लाभांश १४ प्रतिशत प्रदान गर्न सकिने प्रक्षेपण गरेको छ।

इकाईधनीहरुले दोस्रो बजारमा पनि कारोबार गर्ने सक्ने छन्। लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्ने छन्।