हकप्रद बिक्री नभएपछि चार कम्पनीको शेयर लिलामीमा, २९ करोड रुपैयाँ बराबरको शेयर लिलाम चढ्यो

बिजमाण्डू
२०७६ असोज ३० गते १३:४२ | Oct 17, 2019
हकप्रद बिक्री नभएपछि चार कम्पनीको शेयर लिलामीमा, २९ करोड रुपैयाँ बराबरको शेयर लिलाम चढ्यो


Tata
GBIME
Nepal Life

काठमाडौं। तोकिएको समयमा हकप्रद शेयर बिक्री नभएपछि ठूलो संख्यामा शेयर लिलामीमा गएका छन्। सुचिकृत कम्पनीका शेयर साबिक शेयरधीले खरिद नगरेपछि लिलामिमा गएका हुन्।

दोस्रो बजारमा राम्रो मूल्य भएका कम्पनीको समेत शेयर लिलाम प्रकृयामा रहेका छन्। पछिल्लो समय चार कम्पनीका २८ करोड ८९ लाख रुपैयाँ बराबरका शेयर लिलाम प्रकृयामा रहेका छन्। 

नागरिक लगानी कोष, ग्लोबल आईएमई लघुबित्त बित्तीय संस्था, ग्रामिण लघुबित्त बितीय संस्था र मल्टिप्रपोज फाइनान्सको साधारण र संस्थापक शेयर लिलामीमा चढेका छन्।

सबैभन्दा बढि मल्टिप्रपोज फाइनान्सको साधारण र संस्थापक शेयर लिलामीमा छन्। कम्पनीको मात्रै २४ लाख ८७ हजार कित्ता शेयर लिलामी छन्। सबै कम्पनीका जोडेर २८ करोड ८९ लाख रुपैयाँ बराबरका शेयर लिलाम प्रकृयामा आएका हुन्।

सुचिकृत कम्पनीले पूँजी बढाउन हकप्रद शेयर निष्कासन गर्छन्। उनीहरुले शेयर निष्कासन गरेपछि संस्थापक र साधारण शेयरधनीले उठाउँछन्। उनीहरुले नलिएको शेयरलाई कम्पनीहरुले लिलाममार्फत बिक्रि गर्ने गरेका छन्। 

लिलामा आएका यी शेयरहरु सर्बसाधारणले अंकित मूल्य सय रुपैयाँदेखि बढेर बोलकबोल मार्फत खरिद गर्न सक्छन्। बढि मोल हाल्नेले शेयर पाउने छन्। 

लिलाममा रहेका शेयर 

कम्पनी

कित्ता

आबेदन दिने

अन्तिम मिति

मल्टिप्रपोज फाइनान्स

626557

२०७६ कार्तिक ७  गते

ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्था

56561

२०७६ कार्तिक ५  गते

नागरिक लगानी कोष (संस्थापक)

50000

२०७६ कार्तिक १८  गते

मल्लटिप्रपोज फाइनान्स कम्पनी (संस्थापक)

1860721

२०७६ कार्तिक ७  गते

ग्रामिण लघुवित्त वित्तीय संस्था (संस्थापक)

299982

२०७६ कार्तिक ४  गते