युनाइटेड फाइनान्सले ऋणी योग्य छ/छैन भनेर अनलाइनबाटै जानकारी दिने, पोर्टलको ब्यवस्था

बिजमाण्डू
२०७६ असोज ३० गते ११:२९ | Oct 17, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। युनाइटेड फाइनान्स र एस्वी सोलुसन्स् प्रालिबीच ऋणको योग्यता मापन गर्ने सेवा अनलाइनबाटै दिन समझदारी भएको छ।

आन्तरिक कर्जा प्रक्रियालाई 'डकुमेन्ट मेनेजमेन्ट सिस्टम' द्वारा अटोमेसन र डिजिटाजेसन गर्ने लगायत ग्राहकलाई अनलाइल लोन इलिजीबिलिटी सेवासमेत प्रदान गर्ने बारे सम्झौता भएकोह । 

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र सोलुसन्सका अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएअनुसार बैंकले आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ। फाइनान्सले प्रदान गरेको अनलाइन पोर्टलबाट 'अनलाइल लोन इलिजीबिलिटी' सेवा उपयोग गरि ग्राहकले जुनसुकै ऋणका लागि योग्यता परीक्षण गर्न सक्ने छन्।