मुक्तिनाथ विकास बैंकले किन्यो भिवोर क्यापिटल, नाम परिवर्तन गरेर बनायो मुक्तिनाथ क्यापिटल

बिजमाण्डू
२०७६ असोज ३० गते १०:४० | Oct 17, 2019
मुक्तिनाथ विकास बैंकले किन्यो भिवोर क्यापिटल, नाम परिवर्तन गरेर बनायो मुक्तिनाथ क्यापिटल

Tata
GBIME
Nepal Life

काठमाडौं। भिवोर क्यापिटलको नाम परिवर्तन गरेर मुक्तिनाथ क्यापिटल बनाइएको छ। मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटलको चुक्ता पूँजीमा ५८ प्रतिशत शेयर लगानी गरेपछि नाम परिवर्तन गरिएको हो। 

बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजीबजार (मर्चेण्ट बैंकिङ्ग) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरेको हो।

समावेशी वित्तीय सेवाको अलावा कृषि र पूँजीबजार क्षेत्रमा पनि उत्कृष्ठ सेवा प्रदान गर्ने बैंकले लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ। क्यापिटलको पूँजी २० करोड रुपैयाँ छ।

तत्कालिन भिवोर बैंकअन्तर्गत यो क्यापिटल थियो। क्यापिटलले गरेको लगानी डुब्दै गएपछि यो बन्दजस्तै भएको थियो। कम्पनीका अध्यक्ष भरत ढकालले चाँडै कम्पनीले पूँजी बजारमा इकाइहरु निष्काशन गर्ने जानकारी दिए।