दशैंअघि ११० अर्बले ऋण बढाएका बैंकले दशैंपछि पाँच अर्बले घटाए, निक्षेप संकलन ४६ अर्ब मात्र

बिजमाण्डू
२०७६ असोज ३० गते ०८:५१ | Oct 17, 2019
दशैंअघि ११० अर्बले ऋण बढाएका बैंकले दशैंपछि पाँच अर्बले घटाए, निक्षेप संकलन ४६ अर्ब मात्र


काठमाडौं। दसैंअघि आक्रामक ऋण बिस्तार गरेका बैंकहरु दशैंलगत्तै सम्हाल्लिएका छन्। असोज १७ गतेसम्म बैंकहरुले ११० अर्ब रुपैयाँले ऋण बढाएका थिए। त्यसबेलासम्म निक्षेप संकलन ४२ अर्ब रुपैयाँ मात्र थियो।

Tata
GBIME
Nepal Life

आक्रमक ऋण लगानीका कारण तरलता संकटमा परेपछि बैंकहरुको ऋण बिस्तार केही खुम्चिएको छ। असोज २४ गतेसम्म आइपुग्दा बैंकहरुको ऋण बिस्तार ५ अर्बले खुम्चिएर २६ खर्ब ३ अर्बमा झरेको छ।

नयाँ आर्थिक बर्ष लागेपछि बैंकहरुले ऋण बिस्तार ह्वात्तै गरेका थिए। बैंकहरुले २६ खर्ब ८ अर्ब रुपैयाँसम्म ऋण बिस्तार पुर्याएका थिए। दशैंपछि माग पनि कम भएको र अल्पकालिन ऋण भुक्तानीसमेत भएकाले पाँच अर्बले घटेको हो।

बैंकहरुले नयाँ आर्थिक बर्षलागेपछि कुल ४६ अर्बले मात्र निक्षेप बढाउन सकेका छन्। असोजमा मात्र ३८ अर्बले निक्षेप बढेको छ। जबकी असोजमा ऋण ४१ अर्बले बढेको थियो। दशैंअघि र पछिको तुलनामा निक्षेप ४ अर्बले बढेर २९ खर्ब २४ अर्ब पुगेको छ। 

Month Date Deposit Lending
LCY FCY Total LCY FCY Total
Ashad 2075 32/03/2075 2389 81 2470 2057 54 2111
Aswin 2075 31/06/2075 2436 87 2523 2183 62 2246
Poush 2075 30/09/2075 2557 99 2656 2302 66 2368
Chaitra 2075 29/12/2075 2584 119 2703 2349 71 2420
Ashad 2076 31/03/2076 2764 114 2878 2422 76 2498
Shrawan 03/04/2076 2750 115 2865 2408 76 2485
10/04/2076 2754 108 2862 2405 77 2482
17/04/2076 2750 109 2859 2409 79 2488
24/04/2076 2749 109 2858 2419 81 2499
31/04/2076 2746 110 2855 2426 81 2507
Bhadra 06/05/2076 2746 107 2853 2434 82 2516
13/05/2076 2749 108 2857 2447 83 2529
20/05/2076 2756 111 2866 2456 83 2539
27/05/2076 2751 115 2866 2469 82 2551
Ashwin 02/06/2076 2771 115 2886 2480 82 2562
10/06/2076 2812 113 2926 2515 82 2597
17/06/2076 2806 114 2920 2526 82 2608
24/06/2076 2807 117 2924 2521 82 2603