गैरआवासीय नेपालीको मतदान स्थगित, भोटिङ मेशिनको प्राविधिक समस्याले रोकियो मतदान

बिजमाण्डू
२०७६ असोज २९ गते २२:२१ | Oct 16, 2019
गैरआवासीय नेपालीको मतदान स्थगित, भोटिङ मेशिनको प्राविधिक समस्याले रोकियो मतदान


Tata
GBIME
Nepal Life

काठमाडौं। भोटिङ मेशिनमा समस्या आएपछि गैरआवासीय नेपाली संघ(एनआरएनए)को मतदान स्थगित भएको छ। मतदान ६ घण्टा ढिलो सुरु भएपनि भोटिङ मेशिनमा प्राविधिक समस्या आएपछि विहिबारसम्मका लागि मतदान स्थगित भएको हो।

रामलक्ष्मणले तयार पारेको भोटिङ मेशिनमा प्राविधिक समस्या आएकाले मतदान प्रकृया स्थगित भएको सहायक निर्वाचन संयोजक केपी पाण्डेले जानकारी दिए।‘भोटिङ मेशिनले सर्पोट नगरेका कारण हामीले आजको मतदान स्थगित गरेका छौं। अब विहिबार छलफल गरेर इलेक्ट्रोनिक्स प्रणाली वा ब्यालेटमार्फत भोटिङ गर्ने सर्वपक्षीय छलफलपछि टुंगो लाग्छ’ उनले भने।

सेड्युल अनुसार बुधबार दिउँसो दुई बजेटबाट मतदान कार्यक्रम थियो। तर विवादका कारण बेलुका आठ बजेबाट मात्रै मतदान सुरु भएको थियो। नामावली विवादका कारण नाराजुलुस समेत भएको थियो। यो पटकको एनआरएनए चुनाब अत्यन्तै भद्रगोल देखिन्छ। चुनाबमा आआफ्नो पक्षमा मतदाता आकर्षण गर्न हुटिङ हुने गरेको छ।

निर्वाचनमा होमिएका आकांक्षीले चुनाब व्यवस्थित बनाउने प्रयास गरेका छैनन् बरु थप अव्यवस्थित बनाउन सहयोग गरेका छन्। विगत केही वर्षदेखि एनआरएनएको निर्वाचनमा राजनीतिक रंग भित्रभित्रै देखिएपनि अहिले भने वाहिरै स्पस्ट रुपमा देखिएको छ।