एनआईसी एशिया बैंक र थाइल्याण्डको समितिभेज हस्पिटलबीच सम्झौंता, हस्पिटलको सेवामा ५ % छुट

बिजमाण्डू
२०७६ असोज २९ गते २१:५७ | Oct 16, 2019
एनआईसी एशिया बैंक र थाइल्याण्डको समितिभेज हस्पिटलबीच सम्झौंता, हस्पिटलको सेवामा ५ % छुट


Tata
GBIME
Nepal Life

काठमाडौं। एनआईसी एशिया बैंक र समितिभेज हस्पिटल थाइल्याण्डबीच बैंकको भिसा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचारमा विभिन्न सेवा सुविधामा ५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेट सर्भिसेसका कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरे।

बैंकले आफ्ना ग्राहकलाई छुट दिनका लागि विभिन्न संस्थासँग सम्झौंता गर्दै आएको छ। बैंकले पछिल्लो केही वर्षदेखि एग्रेसिभ सेवा विस्तार गरिरहेको छ। आन्तरिक रुपमा विभिन्न डिपार्टमेन्टल स्टोरदेखि अस्पतालमा सम्झौंता गरेर आफ्ना ग्राहकलाई सहुलियत दिएको छ।