शेयर बजारको कन्फिडेन्स बढ्न सकेन, लगानीकर्ताको तरलता गुम्दै जाँदा बजार ओरालो

बिजमाण्डू
२०७६ असोज २९ गते १५:३६ | Oct 16, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। दशैंपछि शेयर बजार १२.३७ अंकले घटेको छ। मंगलबार बजारमा सुधार देखिए पनि बुधबार थप ५.०१ अंकले घटेको हो।

बजार सुधार हुन नसक्दा कारोबार रकम १९ करोड ६६ लाख रुपैयाँमै सिमित भएको छ। नेप्से सूचक ०.४४ प्रतिशतले ओरालो झर्दा ११३७.०३ अंकमा रोकिएको छ।

लगानीकर्ताहरुमा बजार सुधार हुने कन्फिडेन्स नुहँदा कारोबार रकम सुधार हुन नसकेको हो।

बजार दिन दिनै घट्दा कतिसम्म घट्ने भन्ने अन्योलताले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। बजास सुधार हुने संकेत नदेखिएकोले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका हुन्।

विकास बैंक, जलविद्युत कम्पनी र म्युचुअल फण्डको सूचकमा सामान्य सुधार देखिए पनि अन्य सूचक भने घटेका छन्। १९ करोडको कारोबार हुँदा प्रभु बैंकको मात्रै ५ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।

लाभांश घोषणा गरेकै कम्पनीहरुको मूल्य बढ्न सकेको छैन।

बैंकिङ तरलता थप सहज नहुने संकेत देखा नपर्दा पनि बजार प्रभावित भैरहेको छ।

दोस्रो बजारमा लगानी गर्नेहरु प्राय ट्रेडर हुने गर्छन्। बैंकिङ व्याजदर भन्दा पनि लगानीकर्ताहरुमा तरल पैसाको अभाव हुँदा सबै क्षेत्रलाई प्रभावित पारिरहेको छ।