कलंकी-नौबिसे सडकखण्ड मर्मत शुरु, बिहान र दिउँसो सडक एकतर्फी सञ्चालन हुने

बिजमाण्डू
२०७६ असोज २९ गते १३:५६ | Oct 16, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। सडक विभागले कलंकीदेखि नौबिसेसम्मको सडक मर्मत गर्न शुरु गरेको छ। मंगलवारबाट शुरु भएको मर्मत कार्यका कारण सडकमा अवरोध आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

मर्मतका क्रममा उक्त सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन हुने महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले जानकारी दिए। मर्मत नसकिएसम्म नै उक्त सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन हुने उनले बताए।

महाशाखाका अनुसार बिहान ९ बजेदेखि कंलकी-थानकोट सडकखण्ड (ढुंगेअड्डामा) र दिउँसो १ बजेदेखि नागढुंगा-नौबिसे सडकखण्डमा एकतर्फी सवारी चल्ने छन्।

साथै उक्त सडकखण्डमा जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गर्न महाशाखाले सडक प्रयोगकर्तासँग आग्रह गरेको छ।