रघुराम राजनबिरुद्ध भारतीय वित्तमन्त्री: राजनलाई सम्मान गर्छु तर उहाँकै पालामा बैंक बिग्रियो

बिजमाण्डू
२०७६ असोज २९ गते १३:१८ | Oct 16, 2019
रघुराम राजनबिरुद्ध भारतीय वित्तमन्त्री: राजनलाई सम्मान गर्छु तर उहाँकै पालामा बैंक बिग्रियो



न्युयोर्क। अमेरिका पुगेकी भारतीय वित्त मन्त्री निर्मला सीतारमणले मनमोहन सिंह र रघुराम राजनका पालामा सरकारी बैंकहरु सबैभन्दा खराब अवस्थामा पुगेको बताएकी छिन्।

Tata
GBIME
Nepal Life

मनमोहन सिंह प्रधानमन्त्री हुँदा रघुराम राजन रिजर्भ बैंक अफ इण्डिया (आरबिआइ) का गभर्नर थिए। केही दिनअघि राजनले सबै शक्तिहरु प्रधानमन्त्रीमा केन्द्रित हुँदा अर्थतन्त्र खराब अवस्थामा पुगेको टिप्पणी गरेका थिए।

अमेरिकाको कोलम्बिया युनिभर्सिटी स्कुल अफ इन्टरनेशनल एण्ड पब्लिक अफेयरमा भाषण दिँदै सीतारमणले सबै सरकारी बैंकलाई 'लाइफलाइन' दिनु आफ्नो जिम्मेवारी भएकोसमेत बताइन्।

'म रघुराम राजनलाई एक महान् विद्वानका रुपमा सम्मान गर्छु, जसले भारतको केन्द्रीय बैंकलाई रोजे' उनले भनिन्, 'उनी आउँदा अर्थतन्त्र उत्साहित थियो।'

राजनले नरेन्द्र मोदीको पहिलो पाँच बर्षे कार्यकालमा अर्थतन्त्रलाई माथि लैजाने कुनै काम नभएको आरोप लगाएका थिए। त्यो आरोपको जबाफमा सीतारमणले भनिन्- त्यो बेला केही समय राजन पनि हुनुहुन्थ्यो। त्यसले बैंकको खराब कर्जा एकदमै बढेको थियो।

उनले सरकारी बैंकको अवस्था राजन र मनमोहन सिंहकै पालामा विग्रिएको भन्दै अहिले आएर सुधारको प्रयास गरिएको र धेरै हदसम्म सुध्रिएकोसमेत दावी गरिन्। सीतारमणले 'राजनलाई उच्च सम्मान गर्ने' भन्दै उनको अभिब्यक्तिको आलोचना गरिन्। उनको टिप्पणीपछि हलमा उपस्थितहरु हाँसेका थिए। 

'मैले यहाँ ठट्टा गरेको होइन। बैंक बिग्रिएको त उहाँहरुकै पालामा हो' उनले हाँसोलाई लक्षित गर्दै भनिन्, 'त्यसबेलाको कुरा हामीलाई थाहा हुने पनि भएन। तर बैंक बिगारिएको थियो।'