फागुनभित्र गौतमवुद्ध विमानस्थल संचालनमा ल्याउने गरि काम, दशैंमा पनि काम रोकिएन

बिजमाण्डू
२०७६ असोज २९ गते १३:१४ | Oct 16, 2019
फागुनभित्र गौतमवुद्ध विमानस्थल संचालनमा ल्याउने गरि काम, दशैंमा पनि काम रोकिएन

Tata
GBIME
Nepal Life

फाइल तस्विर

काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक उपकरण आउन सुरु भएको छ। फागुनभित्र विमानस्थल संचालनमा ल्याउने गरि काम अघि बढाइएको

आयोजनाक प्रमुख प्रवेश अधिकारीले बताए। उनका अनुसार दशैंमा समेत निर्माणका काम निरन्तर चलेको थियो।'अहिले सेन्ट्रल एसी, प्यासेन्जर इन्फरमेसन सिस्टम, सीसी क्यामरा लगायत विभिन्न उपकरण आइसकेका छन्। एलिभेटर र ब्यागेज ह्याण्डलिङ उपकरण आउन बाँकी छ। उपकरण आएको दुई महिनामा जडानको काम सकिनेछ,' उनले बिजमाण्डूसँग भने।

अधिकारीका अनुसार हाल टर्मिनल भवन, कन्ट्रोल टावरसँगै कार पार्किङ क्षेत्रको काम अगाडि बढिरहेको छ।एक साता अगाडी पर्यटन मन्त्री योगेश भट्टराईसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सहितको टोलीले विमानस्थल निर्माण अवलोकन गरेको थियो।

'मन्त्रीज्यू, प्राधिकरणका महानिर्देशक लगायत विमानस्थल अवलोकनका लागि आउनुभएको थियो। प्रगति विवरण सँगै विमानस्थल सन् २०२०को मार्चभित्र संचालनमा ल्याउने गरि काम सक्न निर्देशन दिनुभएको छ,' उनले भने।उनका अनुसार हाल विमानस्थलको धावनमार्गको मार्किङको काम ९५ प्रतिशत सकिएको उनले बताए।धावनमार्गमा राखिने एयरफिल्ड लाइट भने आउने क्रममा रहेको उनले बताए।