सागकै मूल्यमा कुखुराको मासु, ब्रोइलर कुखुराको मासुको मूल्य २८० रुपैयाँ, अझै घट्ने

बिजमाण्डू
२०७६ असोज २९ गते १०:०४ | Oct 16, 2019
सागकै मूल्यमा कुखुराको मासु, ब्रोइलर कुखुराको मासुको मूल्य २८० रुपैयाँ, अझै घट्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। कुखुराको मासुको मूल्य सागकै हाराहारीमा आएको छ। उपत्यकाबाट सर्वसाधारण बाहिरिएसँगै कुखुराको मासुको मूल्य हरियो साग सरहनै भएको हो।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्यसूची अनुसार प्रति किलो जिरीको सागको मूल्य दुई सय ८० रुपैयाँ छ। कुखुराको मासुको मूल्य पनि दुई सय ८० रुपैयाँनै छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी महासंघले मंगलबारको लागि प्रति किलो ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य दुई सय ८० रुपैयाँ तोकेको छ।

दशैंमा सर्वसाधारण उपत्यका छाडेर बाहिरिन थालेसँगै कुखुराको मासुको माग घटेकोले मूल्य ह्वातै घटेको संघका अध्यक्ष जगतबहादुर बिसीले बताए। उनका अनुसार सर्वसाधारणले दशैंमा उपत्यका छाड्दै गएका कारण मासुको माग समेत घट्दै गएको हो। होटेल, रेस्टुरेन्ट, कलेज, होस्टेल लगायत समेत दशैंमा बन्द भएपछि कुखुराको मासुको माग ह्वात्तै घटेको बिसीले बताए।

दशैंमा उपत्यकामा रहेका सर्वसाधारणको रोजाइमा खसी, बोका र च्याङ्ग्रा पर्ने गर्छ। उपत्यकामा दैनिक दुई देखि तीन लाख किलो कुखुराको मासुको माग छ।उनका अनुसार अहिले डेढ लाख किलो मासु पनि बिक्री हुन मुस्किल भएको छ।  मासुको माग घटेसँगै कुखुरा पालक किसान समेत मर्कामा परेका छन्।

किसानले एउटा कुखुरा तयार गर्न कम्तीमा ४० देखि ५० दिन सम्म पाल्नु पर्छ। सो अवधिमा एक कुखुरा दुई देखि तीन केजी सम्मको हुने गर्छ। तोकिएको अवधि भन्दा बढी कुखुरा पाले लागत बढ्न जाने हुँदा तयार भएका कुखुरा बिक्री गर्नुको विकल्प रहँदैन। सोही कारण किसानले जति मूल्य भएपनी बाध्य भएर बिक्री गर्नु पर्छ।

अहिले किसानले प्रति किलो जिउँदो कुखुराको मूल्य प्रति किलो डेढ सय रुपैयाँ पाउने गरेका छन्।   

दैनिक खुद्रा मूल्य विवरण

असोज २८, २०७६

कृषि उपज

ईकाइ

न्यूनतम

अधिकतम

औसत

रायो साग

के.जी.

१२०

१३०

१२५

पालुगो साग

के.जी.

१२०

१३०

१२५

चम्सुर साग

के.जी.

१३०

१४०

१३५

तोरीको साग

के.जी.

१००

११०

१०५

मेथीको साग

के.जी.

१३०

१४०

१३५

प्याज हरियो

के.जी.

१६०

१७०

१६५

च्याउ(कन्य)

के.जी.

१८०

२००

१९०

च्याउ(डल्ले)

के जी

४६०

४७०

४६५

जिरीको साग

के.जी.

२७०

२८०

२७५

गुन्दुक

के.जी.

२७०

२८०

२७५

 

कुखुरापालक समेत बढ्दै गएका कारण बजारमा यति बेला माग भन्दा बढी कुखुरा आएका छन्। हाल उपत्यका लगायत आसपास र अन्य जिल्लाबाट समेत काठमाडौंमा कुखुरा आयात हुने गरेको छ।

आयातमा कमी नआए कुखुराको मासुको मूल्य थप घट्दै जाने अनुमान व्यवसायीले गरेका छन्। यस्तै अवस्था रहे तिहार सम्म कुखुराको मासुको मूल्य कम रहने उनले बताए। गत वर्ष कुखुराको मासुको मूल्य दुई सय ५० रुपैयाँ सम्म ओर्लिएको उनले बताए।