सुनको भाउ ७०० रुपैयाँले बढ्यो, महँगिएका कारण कारोबार घट्दो, चाँदीको मूल्य पनि बढ्न थाल्यो

बिजमाण्डू
२०७६ असोज २८ गते ११:५० | Oct 15, 2019
सुनको भाउ ७०० रुपैयाँले बढ्यो, महँगिएका कारण कारोबार घट्दो, चाँदीको मूल्य पनि बढ्न थाल्यो


काठमाडौँ। मंगलवार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। प्रति तोला सुनको मूल्य सात सय रुपैयाँले बढेर ७० हजार सात सय रुपैयाँ पुगेको छ। 

Tata
GBIME
Nepal Life

अघिल्लो दिन सुनको मूल्य ७० हजार रुपैयाँ रहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। मङ्गलवार चाँदीको मूल्य आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको हो। अन्तर्राष्ट्रिय बजारमा तय हुने मूल्यको आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तय हुने गरेको छ। 

मूल्य बढेका कारण कारोबार न्यून रहेको व्यवसायीले बताएका छन्। गत असारदेखि नै सुनको मूल्य तिब्र गतिमा बढेको हो। असारअघि करिब ६० हजार रुपैयाँ तोलाको आसपासमा रहेको सुनको मूल्य पछिल्लो पटक ७३ हजार पाँच सय रुपैयाँको ऐतिहासिक मूल्य कायम गर्दै झरेको हो। 

मूल्य बढ्न थालेसँगै कारोबार समेत सुस्ताउँदै गएको व्यवसायीको भनाई छ।