काली प्रसाद बाँसकोटाको ‘माझी’ टुबोर्ग ओपन सेसन्स् २ पहिलो संस्करणमा

बिजमाण्डू
२०७६ असोज २८ गते ११:२७ | Oct 15, 2019
काली प्रसाद बाँसकोटाको ‘माझी’ टुबोर्ग ओपन सेसन्स् २ पहिलो संस्करणमा



काठमाडौं। गायक, गीतकार तथा कम्पोजर काल प्रसाद बाँसकोटाको लोकप्रिय गीत ‘माझी’ को प्रत्यक्ष प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ। 

Tata
GBIME
Nepal Life

टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ।

बाँसकोटाको निकै लोकप्रिय गीत माझी टुबोर्ग ओपन सेसन्स्को दोस्रो संस्करणमा प्रस्तुत गरिएको पहिलो गीत हो। गीतका शब्दहरुले एक सामान्य माझीको आशा, बेदना, भाग्य र गन्तब्यको कथा बताउछ। बाँसुरीको आन्नदायी धुन र बाँसकोटाको स्वरले गीतलाई जीवन्त बनाएको छ । चलचित्र ‘पुरानो डुङ्गा’को लागी बाँसकोटाले लेखेको यो गीतले सबैको मन छुन सफल भएको छ। टुबोर्ग ओपन सेसन्स् २ को यस पहिलो गीतको संगीत निर्माता तथा एरेन्जर रोहित शाक्य रहेका छन्।

बाँसकोटोका प्राय सबै गीतहरु निकै प्रचलित छन् र धेरैले रुचाएकाले थुप्रै सांगीतिक अवार्डहरु हात पार्न सफल रहेका छन्।

टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् सिजन २ ले पहिलो संस्करणमा जस्तै नेपाली संगीतकारहरुलाई सँगै ल्याई थुप्रै नयाँ सांगीतिक प्रस्तुति र सहकार्यहरु पेश गर्ने क्रम जारी नै छ।