मिथिला लघुबित्त वित्तीय संस्थाको लाभांश पोहोरभन्दा बढ्यो, शेयरधनीलाई १५% बोनस शेयर दिने

बिजमाण्डू
२०७६ असोज २८ गते १०:५८ | Oct 15, 2019


काठमाडौँ। मिथिला लघुबित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

संस्थाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनकोलागि छुट्टै नगद लाभांश दिने निर्णय गरेको छ।

संस्थाको संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।

संस्थाले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्। गत वर्षभन्दा संस्थाको लाभांश दर बढेको छ। आर्थिक वर्ष २०७४/७५ मा संस्थाले १०.९९ प्रतिशत लाभांश दिएको थियो।

अघिल्लो वर्ष संस्थाको लाभांश दर १५.७८ प्रतिशतनै रहेको थियो। गत वर्षको चौमासिक वित्तीय विवरण अनुसार संस्थाको कुल चुक्ता पूँजी नौ करोड ८९ लाख रुपैयाँ रहेको छ।

उसले जगेडा कोषमा चार करोड ७८ लाख रुपैयाँ राखेको छ। उसले गत वर्ष एक करोड ९१ लाख रुपैयाँ नाफा गरेको थियो।