टिभिएस वाइकको भाइवर डाउनलोड एण्ड विन अफर, वम्पर उपहार जुपिटर क्लासिक स्कुटर

बिजमाण्डू
२०७६ असोज २७ गते १९:३१ | Oct 14, 2019
टिभिएस वाइकको भाइवर डाउनलोड एण्ड विन अफर, वम्पर उपहार जुपिटर क्लासिक स्कुटर

Tata
GBIME
Nepal Life

काठमाडौं। टिभिएस वाइकको नेपालको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ।

यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टिभिएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्छ। कम्पनीले एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरुप टिभिएस जुपिटर क्लासिक प्राप्त दिने जनाएको छ। कम्पनीका अनुसार यो योजना २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहनेछ।

यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इन्जिन भएको प्रति घण्टा ८५ किलोमिटर शीर्ष स्पीड भएको सार्प र क्लासीक स्टाइलको स्कुटर हो। टिभिएस जुपिटर क्लासीकको सिटको उचाइ ७६५ एमएम रहेको छ।

कम्पनीका प्रवन्ध निर्देशक शाहिल अग्रवालले भने, “हामी सदैव हाम्रा ग्राहकहरुलाई अतिरिक्त लाभ प्रदान गर्न नयाँ तथा नविनतम योजना ल्याइरहेका छौं जुन हाम्रो बिक्र्रीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ। हामीलाई विश्वास छ कि यो प्रयासलाई सबैले प्रशंसा गर्नेछन् र हामीले अत्याधिक प्रतिक्रियाहरु प्राप्त गर्नेछौं।” राकुटेन भाइबरका डाइरेक्टर अनुभव नायरले चाडपर्व अफरमार्फत टिभिएससँग काम गर्न पाउँदा खुशी लागेको बताए।