भिजन सेक्युरिटिजले सुरु गर्यो मार्जिन सुविधा, १५ करोड रुपैयाँसम्मको कर्जा लगानी गर्न सक्ने

बिजमाण्डू
२०७६ असोज २७ गते १४:२९ | Oct 14, 2019
भिजन सेक्युरिटिजले सुरु गर्यो मार्जिन सुविधा, १५ करोड रुपैयाँसम्मको कर्जा लगानी गर्न सक्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। भिजन सेक्युरिटिजले मार्जिन सुविधा सुरु गरेको छ। भिजनले १५ करोड रुपैयाँसम्म मार्जिन कर्जा प्रवाह गर्न सक्ने छ। नियम अनुसार ब्रोकर कम्पनीहरुले नेटवर्थको दुई गुणासम्म मार्जिन कर्जा प्रवाह गर्न सक्छन्।

भिजनको नेटवर्थ ७ करोड रुपैयाँ हाराहारी रहेको छ। लगानीकर्ताहरुले विकास बैंक तथा फाइनान्सहरुबाट प्राप्त गर्ने व्याजदर भन्दा धेरै भूक्तानी गर्नु नपर्ने सेक्युरिटिजका प्रमुख राजकुमार तिमल्सिनाले जानकारी दिए।

ब्रोकर कम्पनीहरुले बैंकहरुबाट कर्जा लिएर लगानीकर्ताहरुलाई प्रवाह गर्ने भएकोले बाणिज्य बैंकहरुले प्रदान गर्ने व्याजदर भन्दा बढी भुक्तानी गर्नु पर्ने हुन्छ। ब्रोकरले मार्जिन सुविधाको लागि नेपाल राष्ट्र बैंकबाट गत वैशाख १६ गते अनुमति पाएको थियो। त्यस्तै नेपाल स्टक एक्सचेन्जबाट असार १२ गते अनुमति पाएको हो।

नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार खोलेसँगै सिडिएससीले असोज एक गतेदेखि मार्जिन कारोबारको लागि स्वीकृति दिएको थियो। मार्जिन सुविधाको लागि लगानीकर्ताले नयाँ केवाइसी ‘व्यक्तिगत विवरण’ भरि क्लाइन्ट कोड लिनु पर्ने हुन्छ।मार्जिन सुविधाको लागि छुट्टै डिम्याट खाता खोल्नु पर्ने हुन्छ। हाल भिजनमा १६ हजार भन्दा धेरै ग्राहक रहेका छन्।