शाइन रेसुङ्गासँग पूर्णिमा र भार्गव विकास बैंक गाभिए, अब राष्ट्रियस्तरमा उक्लिने, २५% हकप्रद

बिजमाण्डू
२०७६ असोज २७ गते १०:२५ | Oct 14, 2019
शाइन रेसुङ्गासँग पूर्णिमा र भार्गव विकास बैंक गाभिए, अब राष्ट्रियस्तरमा उक्लिने, २५% हकप्रद

Tata
GBIME
Nepal Life

काठमाडौं। रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकसँग सिद्धार्थनगरस्थित पूर्णिमा विकास बैंक र नेपालगञ्जस्थित भार्गव विकास बैंक लिमिटेड गाभिएर एकीकृत कारोवार सञ्चालन भएको छ।  

१० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गासँग ३ जिल्ला कार्यक्षेत्रको पूर्णिमा र ५ जिल्ला कार्यक्षेत्रको भार्गव विकास बैंक गाभिएका हुन्।

गाभिएपछि बैंकको शाखा सञ्जाल ७१ पुगेको छ। नयाँ, बैंकको चुक्ता पूँजी २ अर्व ६२ करोड, निक्षेप परिचालन २६ अर्व ८७ करोड, कर्जा लगानी २३ अर्व ८१ करोड पुगेको छ। ग्राहक संख्या ३ लाख ७७ हजार र कर्मचारी संख्या ५४५ पुगेको छ। 

अब बैंकले राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गर्ने योजना बनाएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ४ः१ (२५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ।