चीन-नेपाल २० वटा सम्झौता, पूर्वाधार निर्माणमा चीन सरकारले सघाउने

बिजमाण्डू
२०७६ असोज २६ गते १२:४५ | Oct 13, 2019
चीन-नेपाल २० वटा सम्झौता, पूर्वाधार निर्माणमा चीन सरकारले सघाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई दिने भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिसँग नेपाली प्रतिनिधि मण्डलको बैठक सकिएलगत्तै १७ वटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। 

राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि मण्डलको छलफलपछि समझदारी बनेको हो।

केरुङ काठमाडौं रेलमार्गको डिपिआर निर्माण, टोखा- छहरे र वेत्रावति- स्याफ्रुबेसी  सुरुङमार्ग, अरनिको सडक स्तरोन्नती र विश्वविद्यालयलगायतका बिषयमा समझदारी भएको छ।

सी र ओलीको उपस्थितिमा दुई देशका प्रतिनिधिहरुले समझदारीपत्र आदनप्रदान गरेका छन्। 

यसैगरी नेपाल र चीनका दुई/दुई शहरबीच पनि भगीनी सम्बन्ध स्थापनाका लागि समझदारी भएको छ। काठमाडौं महानगर र नान्सी तथा बुटवल उपमहानगर र सियानबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी भएको हो।