राष्ट्र बैंकको एउटा चलाखी जसले दशैंमा सटही हुने नोटको संख्या घट्यो, साढे ९ अर्ब साटियो




काठमाडौं। नेपाल राष्ट्र बैंकले दशैंमा साढे नौं अर्ब रुपैयाँ बराबरको 'खुद्रा' नोट सटही गरेको छ। सुकिला र नयाँ गरेर केन्द्रीय बैंकले नोट सटही गरेको हो।

५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गरेको हो। यो गत बर्षको भन्दा तीन अर्ब कम हो। 

TATA
TVS
Sanima

यसपाली नयाँ नोट छापिएर समयमा आइनपुग्दा राष्ट्र बैंकले सटही सीमा घटाएको थियो। साथै नोटलाई जतन गरौं भन्दै सुकिला नोटहरु सटही गरिदिएको थियो। नयाँ नोट कोलकाता बन्दरगाहामै रोकिँदा राष्ट्र बैंकले सुकिला नोटलाई प्राथमिकता दिने नीति लिएको थियो।

'सीमा घटाएको र सुकिला नोटलाई प्राथमिकतामा राखेका कारण सटहीका लागि यसपाली कम पैसा बाहिर गयो' राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका प्रमुख तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने, 'बिस्तारै नोट सटहीलाई निरुत्साहित गर्नु पर्छ।'

पोहोरजत्तिकै यसपाली पनि ठूला दरका नोट बाहिर गएका छन्। ५०० र १००० दरका ५० अर्ब रुपैयाँ बराबरको नोट बैंकिङ कार्यालयबाट बजारमा गएको उनले जानकारी दिए।

तलबभत्ता, अन्य कारोबारका लागि दसैंमा ठूला नोट अरुबेला भन्दा बढि बजारमा जान्छ। ठूला दरका नोट राष्ट्र बैंक फर्किन २ देखि अढाइ महिना लाग्ने गरेको छ।


Share this Story

   

राष्ट्र बैंकको एउटा चलाखी जसले दशैंमा सटही हुने नोटको संख्या घट्यो, साढे ९ अर्ब साटियो को लागी २ प्रतिक्रिया(हरु)

Karunakar Nepali[ 2019-10-13 12:39:55 ]
विस्तारै अब cashless society तर्फ अघि बढ्नु पर्छ।

   हालसम्म ८८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Dinesh Kumar Sharma[ 2019-10-13 10:59:45 ]
Bhaye ka subidha sabai ghataune niyat rakher kahan pugne hola ? Bharu (INR) Satahi ghataye kai chhau, ATM ma problem nai chha, Janata lai dukh dine bahek aru kehi na garne niti liye ko ho NRB le...Tyastai lagyo.

   हालसम्म ८२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell