फ्रान्सेली कम्पनी रेनल्टले प्रमुख कार्यकारी अधिकृत बर्खास्त गर्यो, बर्खास्तीको कारण खुलाएन

रासस
२०७६ असोज २५ गते ११:३० | Oct 12, 2019
फ्रान्सेली कम्पनी रेनल्टले प्रमुख कार्यकारी अधिकृत बर्खास्त गर्यो, बर्खास्तीको कारण खुलाएन

Tata
GBIME
Nepal Life

पेरिस। फ्रान्सेली कार निर्माता कम्पनी रेनल्टले आफ्ना प्रमुख कार्यकारी थिएरी बोल्लोरलाई पदबाट बर्खास्त गरेको घोषणा गरेको छ।

बोल्लरलाई सुरुमा राजीनामा दिन आग्रह गरिएको थियो। तर उनले राजीनामा नदिएपछि कम्पनीको संचालक समिति बैठक बसेर बर्खास्त गरिएको हो।

कम्पनीको पूर्व प्रमुख कार्लोस गोउनलाई वित्तीय अपचलनको आरोपमा जापानी अधिकारीहरुले पक्राउ गरेपछि नौ महिना अघिमात्र थिएरीलाई प्रमुख कार्यकारीमा नियुक्त गरिएको थियो।

कम्पनीले जारी गरेको संक्षिप्त वक्तव्यमा थिएरीलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन। नयाँ प्रमुख कार्यकारी नियुक्त नहुँदासम्म प्रमुख वित्तीय अधिकृत क्लोटिल्ड डेल्बोसलाई प्रमुख कार्यकारीको रुपमा कार्य गर्न अस्थायी जिम्मेवारी दिइएको पनि विज्ञप्तिमा उल्लेख छ।