सुनको मूल्य पाँच सय रुपैयाँले घट्यो, तोलाको ७० हजार ४ सय रुपैयाँ, दशैंमा पनि कारोबार राम्रो भएन

बिजमाण्डू
२०७६ असोज २४ गते १२:३४ | Oct 11, 2019
सुनको मूल्य पाँच सय रुपैयाँले घट्यो, तोलाको ७० हजार ४ सय रुपैयाँ, दशैंमा पनि कारोबार राम्रो भएन

Tata
GBIME
Nepal Life

काठमाडौँ। दशैमा स्थीर रहेको सुनको मूल्य शुक्रवार घटेको छ। सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले घटेर ७० हजार ४ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दशैभरि सुनको मूल्य सार्वजनिक गरेको थिएन।

गत साता शुक्रवारदेखि दशैका विदाका कारण सुनको मूल्य सार्वजनिक नगरिएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। ६ कारोबार दिन पछि सुनको मूल्य तय भएको हो।यस अघि सुनको मूल्य ७० हजार नौ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार चढाबले सुनको मूल्य घटेको शाक्यको भनाई छ। अन्तर्राष्ट्रिय बजारमा  शुक्रवार प्रति औस सुनको मूल्य १४ सय ९६ डलर १० सेन्ट थियो। यस अघि प्रति औस सुनको मूल्य १५ सय तीन डलर कायम रहेको शाक्यको भनाइ छ।

 असार देखिनै सुनको कारोबारमा मन्दी देखिएको छ। असार अघि दैनिक ३० केजी सुन बिक्री हुने गरेको थियो। त्यसपछि भने सुनको कारोबार अत्यन्तै न्यून छ। दशैंमा समेत दैनिक १० किलो सुनको कारोबार भएको शाक्यले बताए।