आइतबार सार्बजनिक बिदा दिने सरकारी निर्णय,  चिनियाँ राष्ट्रपतिको सम्मानमा बिदाको घोषणा 

बिजमाण्डू
२०७६ असोज २४ गते १०:३० | Oct 11, 2019

 

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चीनका राष्ट्रपति सि जिनपिङ नेपालमा रहने भएकाले सरकारले बिदा दिने निर्णय गरेको हो।

सि शनिवार नेपाल आउँदैछन्। शनिवार सार्वजनिक बिदा छ। आइतबार कार्यालय, संघसंस्था खुलेर सुरक्षा तथा आवतजावतमा समस्या हुन सक्ने भन्दै आइतबार पनि बिदा दिन लागिएको हो।

यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउँदा पनि सरकारले बिदा दिएको थियो।