नेष्डो र नेपाल एग्रो लघुवित्त मर्जरमा, एफपिओ जारि गरेर चुक्ता पुँजी ३० करोड रुपैयाँ पुर्याउने

बिजमाण्डू
२०७६ असोज २३ गते १२:३३ | Oct 10, 2019
नेष्डो र नेपाल एग्रो लघुवित्त मर्जरमा, एफपिओ जारि गरेर चुक्ता पुँजी ३० करोड रुपैयाँ पुर्याउने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेष्डो समृद्ध लघुवित्त र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन सहमति गरेका छन्।

दुवै संस्था गाभिएपछि चुक्ता पुँजी २३ करोड २२ लाख ४४ हजार ४७० सय रुपैयाँ कायम हुने छ। संस्थापक र सर्वसाधारण शेयर अनुपात ७० र ३० प्रतिशत ननाघ्ने गरि ३० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन थप रकम एफपिओ जारि गरेर संकलन गर्ने पनि सहमतिमा उल्लेख छ।

कुश्मा पर्वतमा मुख्य कार्यालय रहेको नेष्डो र पोखरामा मुख्य कार्यालय रहेको नेपाल एग्रो गाभिएपछि संस्थाको नाम नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था हुनेछ। मुख्य कार्यालय पोखरामानै रहने सहमति भएको छ।

दुवै संस्था नेपाल राष्ट्र बैंक वाट “घ” वर्गको कारोवार गर्न इजाजत प्राप्त वित्तीय संस्था हुन्। नेष्डोको नेपालका १७ जिल्लामा कार्यक्षेत्र छ भने नेपाल एग्रोको १० जिल्लामा कार्यक्षेत्र छ। सहमति अनुसार एकीकृत संस्थाको संचालक समिति अध्यक्ष नेष्डो समृद्धवाट र नेपाल एग्रोका प्रमुख कार्यकारी अधिकृतलाई निरन्तरता दिइनेछ।

नेष्डोको हालै जारी गरेको हकप्रद शेयर समेत गरि १७ करोड ५० लाख रुपैयाँ पुँजी कायम गरिएको छ भने नेपाल एग्रोको बोनस शेयर समेत गरि ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँ पुँजी कायम छ। मर्जर पछि नेष्डो समृद्धको चुक्ता पुँजी २३ करोड २२ लाख ४४ हजार ४७० सय कायम हुनेछ।

संस्थापक तथा सर्वसाधारणको शेयरअनुपात ७० र ३० प्रतिशत कायम राख्ने सहमती वमोजिम नेपाल एग्रोको सर्वसाधारणमा शेयर वितरण भैसकेकोले उल्लेखित अनुपात अनुसारको रकम मात्र पुनःएफपिओ जारी गरी सर्वसाधारणवाट शेयर संकलन गरिने सहमतिमा उल्लेख छ।

एकीकृत कारोवार शुरु गरेपछि प्रचलित कानूनी प्रक्रिया पुरागरी सर्वसाधारणवाट शेयर संकलन गर्दै संस्थाको कुल चुक्ता पुँजी ३० करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँ पुर्याउने सम्झौतामा उल्लेख छ।

संस्थाको जिल्ला संख्या २२ वटा, शाखा संख्या ८२ वटा, आवद्ध सदस्य संख्या ९८ हजार, कर्जा लिने सदस्य संख्या ५८ हजार, लगानीमा रहिरहेको कर्जा ४ अर्ब १ करोड र कुल निक्षेप २ अर्ब ४ करोड रुपैयाँ रहने संयुक्त मर्जर समितिकी संयोजक सावित्री खत्री क्षेत्रीले वताईन्।