कुमारी बैंकले खोल्यो वीरगंजको ड्राइपोर्ट नजिकै तीनवटा शाखा, प्रदेश २ मा थप ४ ठाउँमा खोल्ने

बिजमाण्डू
२०७६ असोज १८ गते १७:११ | Oct 5, 2019

Tata
GBIME
Nepal Life

वीरगंज। कुमारी बैंकको ड्राइपोर्ट शाखा सञ्चालनमा आएको छ । बैंक सञ्चालन समितिका अध्यक्ष प्रताप जबरा र वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले संयुक्तरुपमा शाखा उदघाटन गरेका थिए ।

यसैबीच बैंकको थप दुईवटा शाखाको रुपमा जीतपुर र नवलपरासीको गैंडाकोटको शाखा पनि सञ्चालनमा आएको बैंकका प्रदेश २ का प्रबन्धक सिद्धार्थ सिंहले जानकारी दिए ।

पहिलेदेखि श्रीसिया सुक्खा बन्दरगाह अन्तर्गत एक्स्टेन्सन काउन्टरको रुपमा सेवा दिइरहेको बैंकले सर्वसाधारण र ग्रामीण भेगका जनतालाई लक्षित गरी ड्राइपोर्टमा शाखा स्थापना गरेको शाखा प्रबन्धक रञ्जितकुमार यादवले बताए ।

कुमारी बैंकको देशभरी १०९ औं शाखा र ९३ वटा एटिएम काउन्टर सञ्चालनमा आएको छ भने प्रदेश नं. २ को ८ जिल्लामा ११ वटा शाखा छ । हरिवन,लाहान,राजविराज र जनकपुरपछि बाराको निजगढमा पनि शाखा सञ्चालन गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ।

८ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको निक्षेपतर्फ ८५ अर्ब रुपैयाँ र लगानीतर्फ ८० अर्ब रुपैयाँ रहेको छ भने ब्याजदरको वेस रेट ११.०६ प्रतिशत रहेको जनाएको छ ।