बैंकको निक्षेप ४८ अर्बले बढ्दा ऋण भने १०० अर्बले बढ्यो, बैंकमा तरलता अभाव देखिन थाल्यो

बिजमाण्डू
२०७६ असोज १६ गते ११:४१ | Oct 3, 2019
बैंकको निक्षेप ४८ अर्बले बढ्दा ऋण भने १०० अर्बले बढ्यो, बैंकमा तरलता अभाव देखिन थाल्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। पछिल्लो तीन सातायता बाणिज्य बैंकहरुको निक्षेपमा उच्च सुधार देखिएको छ। तर त्योभन्दा उच्च बृद्धि भने ऋणको छ। कुल ऋण २५ खर्ब ९७ अर्ब पुगेको छ।

चालु आर्थिक बर्षमा बैंकको निक्षेप  ४८ अर्बले बढेको छ। अघिल्लो साता २८ खर्ब ८६ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप अहिले २९ खर्ब २६ अर्ब पुगेको छ। निक्षेप बृद्धि एक सातामै ४० अर्बले बढेको छ। नयाँ आर्थिक बर्ष लागेपछि निरन्तर घटेको निक्षेप दुई सातामा मात्रै ६० अर्बले बढेको छ।

ऋणको बिस्तार नयाँ बर्ष लागेपछि १०० अर्बले भएको छ। पछिल्लो एक सातामा मात्रै ऋण बिस्तार ३६ अर्बले भएको छ भने पछिल्लो दुई सातामा ४७ अर्बले भएको छ। 

निक्षेप ४८ अर्बले बढ्दा ऋण दोब्बरभन्दा बढि १०० अर्बले बृद्धि हुँदा बैंकहरुमा तरलता अभाव देखिन थालिसकेको छ। अन्तर बैंक सापटी पनि उक्लिरहेको छ। कतिपय बैंकहरुले अनिवार्य तरलता अनुपात पुर्याउन नसक्दा स्थायि तरलता सुविधाको समेत प्रयोग गरेका छन्।