सिद्धार्थ बैंकको कात्तिक ७ गते साधारणसभा, नगद र बोनस शेयर सहित २५.२६% लाभांस दिने

बिजमाण्डू
२०७६ असोज १६ गते १०:४९ | Oct 3, 2019
सिद्धार्थ बैंकको कात्तिक ७ गते साधारणसभा, नगद र बोनस शेयर सहित २५.२६% लाभांस दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। सिद्धार्थ बैंकले कात्तिक ७ गते १८ औ वार्षिक साधारणसभा डाकेको छ। संचालक समितिले यस अगाडि घोषणा गरेको १५.२६ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस शेयर साधारणसभाले पारित गर्ने छ।

साधारणसभामा सहायक कम्पनी सिद्धार्थ क्यापिटल सहितको वित्तीय विवरण पारितका लागि पेश गरिने छ। लगानीकर्ताहरुले गत आर्थिक वर्षको नाफाबाट एक अर्ब ३५ करोड रुपैयाँ नगद लाभांस पाउने छन्। त्यस्तै ८८ करोड ८७ लाख रुपैयाँको बोनस शेयर पाउने छन्। बोनस शेयर पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७७ करोड रुपैयाँ पुग्नेछ।

उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने प्रकृया अगाडि बढाउन सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ। साधारणसभा प्रयोजनको लागि बैंकले असोज २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ। असोज २७ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर र नगद लाभांस प्राप्त गर्न सक्ने छन्।